१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

सकियो बागेश्वरी आईडल, गायनमा कुशल र नृत्यमा आरोही बने बागेश्वरी आईडल



बुटवल । बागेश्वरी कला तथा संगित एकेडेमीले आयोजना गरेको बागेश्वरी आईडल प्रतियोगिता सम्पन्न भएको छ । विश्व संगीत दिवसको अवसर पारेर एकेडेमीले आयोजना गरेको बागेश्वरी आईडलको गायन विधा तर्फ कुशल आचार्य र नृत्य विधा तर्फ आरोही काउचा च्याम्पियन भएका छन् ।

बुधवार बुटवलमा सम्पन्न बागेश्वरी आईडलको फाईनलमा गायन विधामा १० जना र नृत्य विधामा १९ जना प्रतिष्पर्धीहरुलाई पछि पार्दै कुशल र आरोही विजेता बनेका हुन् । प्रतियोगितामा गायन विधामा फष्ट रनरअप आभास काफ्ले, सेकेण्ड रनअप सुरज खाती भए भने नृत्य विधामा फष्ट रनरअप रमेश मगर र सेकेन्ड रनरअपको उपाधि विश्वास थापाले प्राप्त गरे ।

प्रतियोगिताको समापनका अवसरमा आयोजित कार्यक्रमका बीच लुम्बिनी प्रदेशका पूर्व स्वस्थ्यमन्त्री तथा प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठ तथा बागेश्वरी संगीतालयका अध्यक्ष तथा सञ्चालक लालिमा श्रेष्ठले विजेता, उपविजेतालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रममा बोल्दै पूमन्त्री श्रेष्ठले देशकै नाम चिनाउने कलाकार जन्माउन नीजि क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए ।

संगीतालयकी अध्यक्ष लालीमा श्रेष्ठले कोभिड संक्रमणसंगै कठिनाई भोगेको संस्था बिस्तारै लयमा गएको बताईन् ।

बागेश्वरी आईडलको गायन विधामा ५९ जनाबाट ११ जना अन्तीम चरणमा प्रवेश गरेका थिए भने नृत्य विधामा ३४ जना सहभागीबाट २० जना अन्तिम छनौट चरणमा पुगेका थिए ।

आईडलको गायन विधा तर्फ किशोर बिक र प्रेम नेपालीले निर्णायकको भूमिका निर्वाह गरेका थिए भने नृत्य विधा तर्फ कृष्ण विसी र हिमाल थापाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  १० : ०३ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले