१ पुस २०८२, मंगलबार | December 16, 2025

फ्राइडे रिलिजः आजबाट ‘अन्तिम संस्कार’ प्रदर्शन



काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट नयाँ नेपाली फिल्म ‘अन्तिम संस्कार’ प्रदर्शनमा आएको छ ।

प्रदीप शाहीद्वारा निर्देशित यो फिल्ममा विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राई, विशाल पहारी, कृष्णभक्त महर्जन,श्याम राई, पासाङ्ग लामा, विकाश अधिकारी, सरोज खालिङ्ग राई, सस्मिता गिरी, दिग्गज खत्री, सरोज कुमाल, धर्मानन्द आचार्य आदि कलाकारले अभिनय गरेका छन् ।

साई प्रोडक्शन नेपालको ब्यानरमा ह्याम्साएर एकाउण्टेनको सहकार्य रहेको यो फिल्ममा भाइराजा थापा, राजुकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रविन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको यो फिल्म सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको छ । ‘मर्डर मिस्ट्रि’ को कथालाई फिल्ममा समावेश गरिएको निर्माण पक्षको भनाइ छ ।

यसैबीच, फिल्म प्रदर्शनमा आउनु एक दिनअघि बिहिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मकी अभिनेत्री दिया पुनले हरेक अभिनय आफूलाई निभाउनका लागि कठिन हुने र आफूले गर्ने अभिनयको अनुसन्धान गरेर मात्रै अभिनय गर्ने गरेको बताइन् ।

अभिनेत्री रेश्मा घिमिरेले ‘अन्तिम संस्कार’ मा आफूले निर्वाह गरेको भूमिका फिल्मका लागि र आफ्ना लागि पर्याप्त रहेको बताउँदै अब भने आफूलाई कुनै पनि अभिनय गर्नका लागि आत्मविश्वास बढेको बताइन् ।

बाबु श्रेष्ठको छायाँकन, रुपेश गुरुङको सम्पादन रहेको यो फिल्मको प्रोडक्सन डिजाईनर प्रेम खड्का हुन् ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ८ : १३ बजे

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि