१६ भदौ २०८३, मंगलबार | September 1, 2026

गोरखामा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो



काठमाडौं । गोरखाको सहिद लखन गाउँपालिकामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ज्यान गएका पाँचैजनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् ।

दुर्घटनामा परी सहिद लखन गाउँपालिका-५ का १९ वर्षीय प्रविन थापा, २४ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा र १७ वर्षीया नविना थापा तथा सहिद लखन–४ का ६४ वर्षीय थनबहादुर थापाको मृत्यु भएको घट्नास्थलमा रहनुभएका गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

उक्त दुर्घटनामा परी १२ जना घाइते भएका छन् । उनीहरुमध्ये तीन जनाको अवस्था गम्भीर रहेको डिएसपी लामिछानेले बताए । उनीहरुलाई थप उपचारका लागि चितवनको भरतपुर लगिएको छ । अन्य घाइतेको आँबुखैरेनीमा उपचार भइरहेको छ ।

सहिद लखन गाउँपालिका–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन-५ ताक्लुङ फर्किँदै गरेको ०१-०२३ च ४४२७ नम्बरको जिप गए राति दुर्घटनामा परेको हो । घट्ना लगत्तै डिएसपी लामिछानेको नेतृत्वमा प्रहरी टोली घट्नास्थलमा गएको थियो । जिप सडकबाट झण्डै दुई सय मिटर तल खसेको बताइएको छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ९ : २४ बजे

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ । जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट

‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र

सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

डडेल्धुरा । सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा

बेत्रावतीमा बाढीले पुरिएको घरभित्र २२ जनाको शव भेटियो

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका-१०, बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र