७ श्रावण २०८३, बिहिबार | July 23, 2026

प्रदेश सञ्चार विधेयक स्वतन्त्रताविरोधी हुँदैन : मुख्यमन्त्री पाण्डे



काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वतन्त्र र निष्पक्ष पत्रकारिता नै लोकतन्त्रको बलियो आधार भएको बताएका छन् ।
नेपाल प्र्रेस युनियन पर्वतको छैटौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले राष्ट्रको चौथो अङ्गका रुपमा रहेको पत्रकारिता पेसाले समाज र राष्ट्रलाई सही दिशामा हिँडाउन खबरदारी गरिरहेको बताए । उनले पत्रकारिता पेसा निष्पक्ष र स्वतन्त्र तथा तटस्थ नभए लोकतन्त्र नै सङ्कटमा पर्ने बताए ।
पाण्डेले पछिल्लो समय केही सीमित सञ्चारकर्मीका कारण सिङ्गो प्रेस आलोचित बन्दै गएको बताउँदै यसलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले ल्याउन लागेको सञ्चार विधेयक स्वतन्त्रताविरोधी नहुने स्पष्ट पारे । उनले सञ्चार विधेयक ल्याएर प्रदेशका सबै सञ्चारमाध्यम र सञ्चार क्षेत्रको व्यवस्थापनमा सरकार लागेको बताउँदै विधेयकमा सञ्चारमाध्यमलाई कुनै अङ्कुश नलगाइने बताए । उनले अन्य क्षेत्र जस्तै सञ्चार जगत्मा पनि नियमनको आवश्यकता रहेको उनको भनाइ छ ।
मुख्यमन्त्री पाण्डेले सीमित स्रोत र साधनका बीच प्रदेशको बजेट सबै जिल्लामा पहुँच पुग्नेगरी वितरण गरिएको दाबी समेत गरे । प्रदेशका ११ जिल्लाबाट छनौट भएर आएका अधिकांश योजनालाई प्राथमिकताका आधारमा बजेट विनियोजन गरिएको उनको भनाइ छ ।
कार्यक्रममा प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले आम सञ्चार क्षेत्रको विकास र प्रवद्र्धनमा तीनै तहका सरकार उदार हुन नसकेको बताए । उनले सञ्चारमाध्यमको विकास र विस्तारबाट मात्रै यो मुलुकको लोकतन्त्र संस्थागत हुने बताउँदै यसको सङ्कुचनमा नलाग्न आग्रह गरे ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ८ : ५० बजे

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट