१८ माघ २०८२, आइतबार | February 1, 2026

प्रदेश सञ्चार विधेयक स्वतन्त्रताविरोधी हुँदैन : मुख्यमन्त्री पाण्डे



काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वतन्त्र र निष्पक्ष पत्रकारिता नै लोकतन्त्रको बलियो आधार भएको बताएका छन् ।
नेपाल प्र्रेस युनियन पर्वतको छैटौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले राष्ट्रको चौथो अङ्गका रुपमा रहेको पत्रकारिता पेसाले समाज र राष्ट्रलाई सही दिशामा हिँडाउन खबरदारी गरिरहेको बताए । उनले पत्रकारिता पेसा निष्पक्ष र स्वतन्त्र तथा तटस्थ नभए लोकतन्त्र नै सङ्कटमा पर्ने बताए ।
पाण्डेले पछिल्लो समय केही सीमित सञ्चारकर्मीका कारण सिङ्गो प्रेस आलोचित बन्दै गएको बताउँदै यसलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले ल्याउन लागेको सञ्चार विधेयक स्वतन्त्रताविरोधी नहुने स्पष्ट पारे । उनले सञ्चार विधेयक ल्याएर प्रदेशका सबै सञ्चारमाध्यम र सञ्चार क्षेत्रको व्यवस्थापनमा सरकार लागेको बताउँदै विधेयकमा सञ्चारमाध्यमलाई कुनै अङ्कुश नलगाइने बताए । उनले अन्य क्षेत्र जस्तै सञ्चार जगत्मा पनि नियमनको आवश्यकता रहेको उनको भनाइ छ ।
मुख्यमन्त्री पाण्डेले सीमित स्रोत र साधनका बीच प्रदेशको बजेट सबै जिल्लामा पहुँच पुग्नेगरी वितरण गरिएको दाबी समेत गरे । प्रदेशका ११ जिल्लाबाट छनौट भएर आएका अधिकांश योजनालाई प्राथमिकताका आधारमा बजेट विनियोजन गरिएको उनको भनाइ छ ।
कार्यक्रममा प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले आम सञ्चार क्षेत्रको विकास र प्रवद्र्धनमा तीनै तहका सरकार उदार हुन नसकेको बताए । उनले सञ्चारमाध्यमको विकास र विस्तारबाट मात्रै यो मुलुकको लोकतन्त्र संस्थागत हुने बताउँदै यसको सङ्कुचनमा नलाग्न आग्रह गरे ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ८ : ५० बजे

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौं । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने

आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि