२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

काठमाडौंमा जसपाको विधान अधिवेशन सुरु



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आजदेखि राजधानीमा सुरु भएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आज पार्टी अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद अध्यक्ष अशोक राईले अधिवेशनको उद्घाटन गरेका छन् ।

अधिवेशन आजदेखि तीन दिनसम्म सञ्चालन हुने सो पार्टीले जनाएको छ । पार्टीको शनिबार काठमाडौँमा सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेको पार्टीको विधानको मस्यौदा यसै अधिवेशनमा पेस गरेर छलफल हुन लागेको जनाइएको छ ।

यस अधिवेशनमा केन्द्रीय समितिका चार सय छ सदस्यका साथै प्रदेश समिति, राष्ट्रिय समिति, विषेश प्रदेश समिति, जिल्ला समिति, महानगर, भातृ सङ्गठन तथा केन्द्रीय समितिबाट मानोनित हुने १० जनासहित सात सय ६१ प्रतिनिधि सहभागी छन् ।

सहभागी भएका प्रतिनिधिलाई विभिन्न १० समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ भने छलफल सकिएपछि विधानमाथि नेताहरूले धारणा राख्ने गरी कार्यतालिका बनाइएको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ३ : ५१ बजे

जेठ पहिलो सातादेखि सहकारी बचत फिर्ता : साना बचतकर्तालाई प्राथमिकता

काठमाडौं । सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको

सगरमाथा क्षेत्रमा भेटिएको शव ‘डिएनए’ परीक्षणका लागि काठमाडौँ ल्याइयो

काठमाडौँ । सगरमाथा आधार शिविरदेखि दोस्रो शिविर तर्फ जाने बाटो

वैशाख २८ मा संघीय संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

काठमाडौं । सरकारले वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान

‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’

काठमाडौँ । दुबई प्रस्थान गर्न लाग्नुभएका ध्रुव विशाललाई स्वदेशमै श्रम

चार लेनको बन्ने भयो धम्बोझी चोकबाट नन्दनी मीलसम्मको हुलाकी सडक

नेपालगन्ज । हुलाकी राजमार्ग अन्तर्गत नेपालगन्ज गुलरिया सडकको अधिकांस भागमा