७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेप्से ६२ अङ्कले बढ्दा करिब साढे छ अर्बको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव तीन प्रतिशत अर्थात् ६२ दशमलव २१ अङ्कले बढेर दुई हजार एक सय १७ दशमलव ७३ अङ्कमा कायम भएको भएको हो ।

नेप्सेका अनुसार आज दुई सय ७५ कम्पनीको एक करोड ४७ लाख ५१ हजार दुई सय ४७ कित्ता शेयर ९० हजार दुई सय ४९ पटक खरिद–बिक्री हुँदा रू छ अर्ब ४९ करोड चार लाख १२ हजार छ सय ६५ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह आठ सय ८१ दशमलव ५६ र निर्जीवन बीमा समूह छ सय ६६ दशमलव ९७ अङ्कले बढेको छ । बैंकिङ समूह १२ दशमलव ७४, विकास बैंक एक सय ७४ दशमलव ६९, वित्त ९८ दशमलव ०९, होटल तथा पर्यटन ९३ दशमलव ५७, जलविद्युत् ४६ दशमलव ४४ र लगानी समूह एक दशमलव ७१ अङ्कले बढेको छ ।

त्यसैगरी उत्पादन तथा प्रशोधन समूह दुई सय ३७ दशमलव चार, लघुवित्त ६८ दशमलव २४, म्युचुअल फन्ड शून्य दशमलव छ, व्यापार एक सय ३१ दशमलव २४ र अन्य समूह ७९ दशमलव ६२ अङ्कले बढेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेस ९नेपाल० लिमिटेड, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, एनएमबी–५०, सामलिङ्ग पावर कम्पनी लिमिटेड र बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा धेरै गुमाउनेमा शुभम् पावर लिमिटेडको शेयर मूल्य छ दशमलव ८१ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू ४९ करोड ९० लाख ७३ हजार नौ सय २० बराबरको आठ लाख ४४ हजार चार सय ७७ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ४ : ३९ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज