१८ माघ २०८२, आइतबार | February 1, 2026

नेप्से ६२ अङ्कले बढ्दा करिब साढे छ अर्बको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव तीन प्रतिशत अर्थात् ६२ दशमलव २१ अङ्कले बढेर दुई हजार एक सय १७ दशमलव ७३ अङ्कमा कायम भएको भएको हो ।

नेप्सेका अनुसार आज दुई सय ७५ कम्पनीको एक करोड ४७ लाख ५१ हजार दुई सय ४७ कित्ता शेयर ९० हजार दुई सय ४९ पटक खरिद–बिक्री हुँदा रू छ अर्ब ४९ करोड चार लाख १२ हजार छ सय ६५ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह आठ सय ८१ दशमलव ५६ र निर्जीवन बीमा समूह छ सय ६६ दशमलव ९७ अङ्कले बढेको छ । बैंकिङ समूह १२ दशमलव ७४, विकास बैंक एक सय ७४ दशमलव ६९, वित्त ९८ दशमलव ०९, होटल तथा पर्यटन ९३ दशमलव ५७, जलविद्युत् ४६ दशमलव ४४ र लगानी समूह एक दशमलव ७१ अङ्कले बढेको छ ।

त्यसैगरी उत्पादन तथा प्रशोधन समूह दुई सय ३७ दशमलव चार, लघुवित्त ६८ दशमलव २४, म्युचुअल फन्ड शून्य दशमलव छ, व्यापार एक सय ३१ दशमलव २४ र अन्य समूह ७९ दशमलव ६२ अङ्कले बढेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेस ९नेपाल० लिमिटेड, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, एनएमबी–५०, सामलिङ्ग पावर कम्पनी लिमिटेड र बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा धेरै गुमाउनेमा शुभम् पावर लिमिटेडको शेयर मूल्य छ दशमलव ८१ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू ४९ करोड ९० लाख ७३ हजार नौ सय २० बराबरको आठ लाख ४४ हजार चार सय ७७ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ४ : ३९ बजे

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौं । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने

आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि