१७ माघ २०८२, शनिबार | February 1, 2026

शसस्त्रले बरामद गरेको पहेँलो धातु सुन ठहर, १ केजी ९६५.३ ग्राम तौल कायम



बुटवल । शसस्त्र प्रहरीले सुन जस्तै धातु भनेर भैरहवा भन्सारमा बुझाएको २ थान इट्टा सुन ठहरिएको छ । भन्सार कार्यालयलाई बुझाइएको धातु जाँचगर्दा सुन ठहर भएको शसस्त्र प्रहरी सीमा सुरक्षा गुल्म, डण्डाका शसस्त्र प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिए ।

रुपन्देहीको नेपाल भारत सीमानाकामा शसस्त्र प्रहरीको चेकजाँचका क्रममा सुन जस्तै (सुनको इट्टा) वस्तु बरामद गरि भन्सारमा बुझाएको थियो । रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका १३ कालिदह नाकाहुँदै नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरीले सुन जस्तो देखिने (सुनको इट्टा) फेला पारेको हो ।

अन्दाजी २ किलो तौल भनिएकोमा भन्सार कार्यालयले नापतौल गर्दा एक थान इटा १ किलो र अर्को ९६५.३ ग्राम तौल कायम भएको उनले बताए । भन्सार मुल्यांकन अनुसार सुनको मुल्य १ करोड ८५ लाख ६५ हजार ३५५ र बरामद भएको करको मुल्य १५ लाख तोकी भन्सार ऐन अनुसार कारवाही अगाडि बढाइएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । पक्राउ परेका गिरीलाई भन्सार ऐन २०३४ बमोजिम कारवाही हुने भैरहवा भन्सारका सूचना अधिकृत युवराज भट्टराईले बताए ।

शसस्त्र प्रहरी बल नेपाल बिओपी, बयरघाट, रुपन्देहीले गएराति साढे ९ बजेको समयमा लुम्बिनी सांस्कृतिक नगरपालिका–१३, कालिदहबाट सुन सहित बा.१२ च.३८२० नम्बरको को मारुती सुजुकी कार र कार चालक दाङका हुमानन्द गिरीलाई नियन्त्रणमा लिएको थियो ।

सम्भवत रुपन्देही नाका हुँदै भारत लैजाँदै गर्दा बरामद भएको यो नै सबैभन्दा ठुलो परिमाणको सुन भएको बताइएको छ ।

 

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ५ : १६ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले