२ माघ २०८१, बुधबार | January 15, 2025

छात्रवृत्ति तथा विद्यार्थी प्रोत्साहनमा ५० औं लाख खर्च गर्छ बुटवलको अक्सफोर्ड मा.वि.



बुटवल । बुटवल सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले कक्षा ११ र १२ अन्तर्गत परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई त्रैमासिक रूपमा करिब ९ लाख रूपैयाँ बराबर प्रोत्साहनस्वरुप पुरस्कृत गर्ने गरेको छ ।

प्रत्यक त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक कार्यक्रममा अक्सफोर्डमा अध्ययनरत उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद तथा तीन महिनाको छात्रवृत्तिसहित पुरस्कृत गर्ने गरेको छ ।

दशजोड दुईको परीक्षामा सम्मिलित परीक्षार्थीहरुमध्ये ३ दशमलव ६५ जिपिएभन्दा माथि ल्याउने विद्यार्थीलाई नगद १० हजार ,३ महिनाको मासिक शुल्कमा शतप्रतिशत छुट तथा र ३ं दशमलव ४४ जिपिए भन्दामाथि ल्याउने विद्यार्थीलाई नगद तीन हजार तथा ३ महिनाको मासिक शुल्कमा शतप्रतिशत छुटको साथमा सम्मान तथा पुरस्कृत गर्ने गरेको विद्यालयका प्राचार्य दिनेश भुसालले जानकारी दिए ।

उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई प्रोत्साहन मिलोस भनेर निरन्तर विद्यालयले सम्मान गर्दै आएको उल्लेख गर्दै प्राचार्य भुसालले प्रत्येक त्रैमासिक परीक्षामा विद्यार्थीलाई थप प्रोत्साहनका लागि सम्मान तथा पुरस्कृत गरेको बताए ।

विद्यालयले गरेको उत्कृष्ट विद्यार्थी सम्मान कार्यले विद्यार्थीहरूमा प्रतिश्पर्धाको भावना जाग्नुका साथै पढ्नुपर्ने रहेछ भन्ने मानसिकता विद्यार्थीमा पर्ने गरेको प्राध्यापक सुमन भुसालले बताए ।

विद्यालयमा पढाइको अलवा विभिन्न खेलकुद तथा साहित्यका हरेक विद्याहरूमा विद्यार्थीहरू बिच प्रतिश्पर्धा हुने हुदा विद्यार्थीको रोजाई अक्सफोर्ड परेको हुदा संस्कार सहितको शिक्षामा जोड दिदै सैद्धान्तिक भन्दा प्रयोगात्मक शिक्षणमा आफूहरूले जोड दिदै आएको कुरामा जोड दिए ।

केही वर्ष यता विद्यालयमा विद्यार्थीको चाप ह्वात्तै बढेको हुदा कक्षा ११ मा विद्यार्थीहरू भर्ना गर्न प्रतिष्पर्धाको माध्यमबाट विद्यार्थी भर्ना गर्ने तयारीमा जुटेको प्राध्यापक भुसालले बताए ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ८ : ५२ बजे

रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि रास्वपा कार्यकर्ताद्वारा अदालत परिसरमा हातपात

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विपक्षमा बहस गर्ने

समाजवादी मोर्चाले माघ १६ गते विशेष कार्यक्रम गर्ने

काठमाडौं । समाजवादी मोर्चाले राजधानी केन्द्रित कार्य्रकम गर्ने भएको छ

निर्माण व्यवसायीद्वारा आन्दोलनको घोषणा, अर्थमन्त्री भन्छन् : २८ मध्ये २२ अर्ब निकास भइसक्यो

काठमाडौं। सरकारले समयमा नै भुक्तानी नगरे पछि निर्माण व्यवसायीले आन्दोलनको

रविमाथिको थुनछेक बहस सकियो, आजै आदेश आउने

काठमाडौं । काठमाडौं प्रहरीको हिरासतमा रहेका स्वतन्त्र पाटी (रास्वपा)का सभापति