६ पुस २०८२, आइतबार | December 21, 2025

जसपा नेपालको विधान अधिवेशन आज समापन हुदैँ



काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशन जारी छ । गत आइतबार देखी सुरु भएको विधान अधिवेशन पुर्ववतः तालिका अनुसार आज समापन हुदैँछ ।

आजको बैठकमा मस्यौदा विधान माथी समुहगत छलफलमा उठेका प्रश्नको अध्यक्ष उपेन्द्र यादवलगायतका शिर्ष नेताले जबाफ दिने कार्यक्रम रहेको छ ।

गत आइतबार अध्यक्ष यादवले प्रस्तुत गरेको मस्यौदा विधानमा हिजो १० वटा समुहमा समुहगत छलफल भई धारणा राख्ने क्रम सुरु भएको थियो । उक्त १० वटा समुहबाट समुहगत धारणा राखे पछि अधिवेशनको अन्तिम दिन अध्यक्ष यादवले जवाफ दिएर संसोधनसहित विधान पारित गर्ने कार्यसुची रहेको प्रवक्ता मनिष सुमनले जानकारी दिएका छन् ।
उनका अनुसार प्रस्तावित विधानमा ७० वर्षे उमेर हदको प्रावधान राखिएको, जिल्ला, प्रदेश र केन्द्रिय कार्यसमितिको पदाधिकारीमा दुई पटक भन्दा बढी एउटै पदमा बस्न प्रतिबन्ध लगाईएको, एकल नेतृत्वमा फर्किएको, प्रदेश र केन्द्रीय समिति सदस्य हुन कम्तिमा पाँच वर्ष पार्टी सदस्यता लिएको पाँच वर्ष हुनुपर्ने लगायत प्रावधान राखिएको विधान प्रस्तुत भएको छ ।

उक्त मस्यौदा विधानमा छलफलका लागि ४ सय २० केन्द्रिय सदस्यसहित करिब ८ सय जना प्रतिनिधिले सहभागिता जनाईरहेका छन् ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ६ : ४२ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको