६ श्रावण २०८३, बुधबार | July 23, 2026

अटिजम पाठशालामा पशुपति अमात्य अक्षयकोष स्थापना



गुल्मी । गुल्मीको रुरुक्षेत्र गाँउपालिका १ रिडीमा रहेको अटिजम पाठशालामा ५ लाखको अक्षयकोष स्थापना गरिएको छ । रुरुक्षेत्र गाउँपालिका वार्ड न १ रिडिमा संचालनमा रहेको अटिजम पाठशालामा पशुपति अमात्य अक्षयकोष स्थापना गरिएको हो । समाजसेवी स्वर्गीय अमात्यको स्मरणमा अमात्यको जन्मजयन्तीको अवसर पारेर अमात्यका छोरा ओम प्रसाद अमात्यले अक्षयकोष स्थापना गरेका हुन् ।

अक्षयकोष सार्वजनिक कार्यक्रममा बोल्दै स्वर्गीय पशुपति अमात्यका छोरा ओम प्रसाद अमात्यले अटिजम भएपछी उपचार संभव नभएपनी सबैको सहयोगले अटिजम भएका बालबालिकाको जिवनमा परिवर्तन ल्याउन सकिने उद्देश्यकासाथ कोष स्थापना गरिएको जानकारी गराए ।

कार्यक्रममा बोल्दै रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले पशुपति अमात्य संग आफुले लामो समय संगत गर्न नपाएपनी वहाँको सत्कर्मको चर्चाले आफ्नो मन जितेको बताए । “पैसा धेरैले कमाएका छन, तर कमाएको पैसा सामाजिक कर्ममा खर्च गर्ने स्वर्गीय अमात्य परिवारको प्रशंसा जति गरेपनी कम हुन्छ, उठेको रकमको सदुपयोग होस” अध्यक्ष ज्ञवालीले भने । ज्ञवालीले अब यो पाठशालाको नियमित संचालनका लागि आफुले प्रदेश सरकार संग पहल गरिरहेको र यहाँका बालबालिकाको उपचार थेरापी समेत गर्ने गरि शिक्षिकालाई तालिम समेत दिलाउने गरि योजना बनाईरहेको उल्लेख गरे ।

रुरुक्षेत्र गाउँपालिका वार्ड न १ का वडा अध्यक्ष नबराज बिकले रुरुक्षेत्र आसपासमा स्वर्गीय अमात्यले आफ्नो सामाजिक कर्मले गहिरो छाप छोडेको स्मरण गरे ।

कार्यक्रम संचालन गर्दै पाठशालाका परिकल्पनाकार बिष्णु भण्डारीले अटिजम पाठशालालाई अध्ययन र थेरापीको सेन्टर बनाउने योजना रहेको बताउँदै त्यसका निम्ति सबैले सहयोग गरिदिन आग्रह गरे ।

पाठशाला संचालक बिष्णु भण्डारीले चन्द्रकोट गाउँपालिकाका स्थायी बासिन्दा हाल लण्डन निवासी मोती भण्डारीले लण्डनमा रहेका गुल्मेलीहरुलाई आजिवन सदस्य बनाई यसको उन्नतिमा सहयोग गरेको भन्दै धन्यवाद समेत दिए ।

पाठशालामा हाल ११ जना बिद्यार्थी अध्ययनरत रहेका छन भने लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री स्वयंसेवक शिक्षक कार्यक्रम अन्तरगत २ शिक्षिका उपलब्ध गराएको छ ।

 

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  ८ : १४ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क