५ पुस २०८२, शनिबार | December 20, 2025

राष्ट्रिय युवा संघले शुद्धोधनको खेतमा मनायो असार-१५ अर्थात राष्ट्रिय धान दिवस (फोटो फिचरसहित)



बुटवल । राष्ट्रिय युवासंघ रुपन्देहीले असार-१५ अर्थात राष्ट्रिय धान दिवसको उपलक्ष्यमा शुक्रबार शुद्धोधनमा रोपाई कार्यक्रम सम्पन्न गरेको छ । नेकपा एमाले केन्द्रीय सदस्य गोमा आचार्यले राष्ट्रिय धान दिवसको अवसरमा आयोजित रोपाई कार्यकमको उद्घाटन गर्दै युवाहरुलाई अब उत्पादसँग जोड्नुपर्नेमा दिईन ।

मानो रोपेर मेरी उब्जाउने दिनको रुपमा रहेको असार-१५ अर्थात राष्ट्रिय धान दिवस मुलुकका लागि महत्वपूर्ण दिनका रुपमा रहेको उल्लेख गरिन् । कृषिलाई व्यवसायिकरण र विशिष्टीकरणमा जोड दिँदै आचार्यले कृषिको बजारिकरण तथा कृषि उपकरणको व्यवस्थापनमा राज्यले व्यवस्था गर्न आग्रह गरिन् ।

देशभरीको बाझो जमिनलाई कृषि उत्पादमा प्रयोग गर्नेगरी योजनाको खाचो रहेको उल्लेख गरिन् । उत्पादनमा वृद्धिका लागि प्रयाप्त मल, उपयुक्त विषादी, सिंचाई, प्रविधि र बजारिकरणमा राज्यले ध्यान दिनुपर्ने बताईन । बुटवल उपमहानगरको पूर्प उपप्रमुख समेत रहेकी आचार्यले कृषि उत्पादनमा प्रर्योग भएको विषादी परीक्षण भरपर्दो व्यवस्था हुन नसक्दा उपभोक्ताको स्वास्थ्यमा गम्भीर चेनौती थपिँदै गएको उल्लेख गरिन् ।

कार्यक्रममा सहभागी एमाले नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य तलसी चौधरी, एमाले रुपन्देहीका सह-सचिव चित्रबहादर, केसी, राष्ट्रिय युवासंघ केन्द्रीय सदस्य बुद्धी थापा, कल्पना पाडे मगर, श्रद्धा कुवर रुपन्देही इन्चार्ज नशकुल शाही, जिल्ला अध्यक्ष विकास जंग बस्नेत लगायतले बोल्दै सम्पूर्ण युवालाई अब कृषि र उत्पादनसँग जोड्नु पर्नेमा जोड दिए ।

असारे गीतसहित बीउ बोकेर हिलो खेतमा पुगेका ४ दर्जन बढी युवाहरुले शुद्धोधन-३ सखुवानीमा हिलोमा खेल्दै रोपाई गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय युवासंघ रुपन्देहीका सचिवालय सदस्य तथा कृषि विभाग प्रमुख समिर बस्नेत को अध्यक्षता र राष्ट्रिय युवासंघ शुद्धोधनका अध्यक्ष बिशाल रानाको कार्यक्रम संचालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य किरण नेपालले स्वागत मन्तव्य राखेका थिए ।

फोटो फिचरसहित

 

 

 

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ११ : ३३ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य