११ श्रावण २०८३, सोमबार | July 27, 2026

एकाएक हिलाम्मे मकैवारीमा हेलिकप्टर ल्यान्ड भएपछि …..



अर्घाखाँची । झमझम पानी परिरहेको बेला एकाएक घर नजिकै मकैवारीमा हेलिकप्टर ल्यान्ड हुँदा हजुरलाई कस्तो लाग्ला ? यस्तो परिस्थितीको सामाना गरिरहेकाहरुलाई त सामान्य लाग्ला तर सामान्य मान्छेहरुको त यो अवस्थामा होस हवास उड्छ ।

ठ्याक्कै यस्तै भएको छ अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ७ बरवासमा । असार १५ गते साँझ करिव पाँच बजे स्याला स्थित हिलाम्मे मकैवारीमा एकाएक हेलिकप्टर अवतरण हुँदा स्थानीयहरु आतंकित भए । कुनै जानकारी विना एकाएक हावासरी आएको हेलिकप्टर हिलाम्मे मकैवारीमा ल्यान्ड हुँदा केहीवेर सन्नाटा छायो ।

मौसम खरावीका कारण रनभुल्लमा परेर मकैवारीमा केही बेरका लागि ल्यान्ड भएको हेलिकप्टर मौसम सुधार हुनासाथ गन्तव्यमा पुगेको छ । डोल्पाबाट बिरामी लिएर पोखराका लागि उडेको हेलिकप्टर शुक्रवार अवेर पोखरा पुगेको जनाइएको छ ।

खास के भएको थियो घटना ?

बिरामी लिनको लागि पोखराबाट डोल्पाको लागि हिडेको हेली एभरेष्टको 9N-AKP हेलिकप्टर बिहान सन्धिखर्क टुडिखेलमा आकस्मिक अवतरण गर्यो । बिहान करीव साढे दश बजेतिर टुडिखेलमा अवतरण गरेको हेलिकप्टर सन्धिखर्कमा करीव आधा घण्टा विताएर गन्तव्यतर्फ प्रस्थान गर्यो ।

डोल्पा पुगेपनि मौसम खरावका कारण तत्काल बिरामी बोकेर हिड्न नसकेको हेलिकप्टर डोल्पाबाट पोखराको लागि उडान भरेकोमा मौसम खरावीका कारण विचविचमा रोकिदै यात्रा अगाडी बढायो ।  जसअन्तरगत दिउसो करीव ४ बजेतिर अर्घाखाँची भुमिकास्थान वडा न ७ श्याला स्थित बारिमा आकस्मिक अवतरण गरेको थियो । मौसममा केही सुधार आएकपछि त्यहाँबाट पुन उडान गरेको हेलिकप्टर सकुशल पोखरा अवतरण गरेको सहि हेलिकप्टरका क्यप्टेन सुमन पोख्रेलले फोन मार्फत जानकारी गराएका छन् ।

 

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  २ : १२ बजे

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन

बुटवल । प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीको निधन

शान्ति, संयमता र सामाजिक सद्भाव कायम मन्त्री मेहताको आग्रह

काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री

डिडिसीले काठमाडौंमा ३० नयाँ बिक्री केन्द्र खोल्ने, अनलाइन बिक्री सुरु गर्ने तयारी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना दुग्धजन्य उत्पादनको पहुँच

पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

पोखरा । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०

नागढुंगा सुरुङमार्ग उद्घाटनअघि धर्नामा बसेका स्थानीयलाई प्रहरीले हटायो

काठमाडौं । नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेका बेला स्थानीयको