११ श्रावण २०८३, सोमबार | July 27, 2026

पेट्रोलियम पदार्थको मूल्य घट्यो



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

सोमबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो । त्यस्तै तराईको हकमा प्रतिलिटर साढे ७ रुपैयाँ घटेको छ भने सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले घटेको छ ।

निगमकाअनुसार अब काठमाडौं‚ पोखरा र दीपालयमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५०र१५० रुपैयाँ पर्नेछ । त्यस्तै तराईमा पेट्रोलको मूल्य प्रतिलिटर १६७।५ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४७।५र१४७।५ रुपैयाँ पर्नेछ ।

यसैगरी सुर्खेत र दाङमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६९ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४९र१४९ रुपैयाँ पर्नेछ ।

निगमले त्यस्तै हवाई इन्धनको मूल्य पनि घटाएको छ । निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ तथा वाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटाएको छ ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने हेरफेर गरेको छैन ।

 

 

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ८ : ४२ बजे

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको

साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले ओरालो, ६ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज