११ श्रावण २०८३, सोमबार | July 27, 2026

संसदीय समितिका सभापति तत्काल चयन गर्न शीर्ष नेता सहमत



काठमाडौं । प्रमुख तीन दलका शीर्षनेताहरु संसदीय समिमिका सभापति तत्काल चयन गर्न सहमत भएका छन् । मंगलबार सभामुख देवराज घिमिरेको आह्वानमा बसेको बैठकमा शीर्षनेताहरु संसदीय समितिका सभापति चयन गर्न सहमत भएका हुन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसदीय समितिका सभापति चयन गर्ने सहमति भएको हो ।

बैठकमा सहभागी कानुनमन्त्री धनराज गुरुङका अनुसार संसदीय समितिका सभापति छिटोभन्दा छिटो चयन गर्ने सहमति भएको छ । पूर्वसहमतिअनुसार नै चाँडै सभापति चयन गर्न नेताहरु सहमत भएका उनको भनाइ छ ।

गत १५ वैशाखमा प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि २ जेठमा एक साथ १० वटै समितिको बैठक सुरु भएको थियो । तर, सभापति चयन हुन नसक्दा समितिहरुले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।

प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक–पटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलहरुले प्रयत्न नगरेपछि सभामुख घिमिरेले मंगलबार शीर्ष नेताहरुलाई बोलाएर छलफल गरेका हुन् ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  १ : ११ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न