८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

नेपालीको योगदानबाटै समृद्ध नेपाल निर्माण हुने अध्यक्ष ओलीको विश्वास



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालीको योगदानबाटै समृद्ध नेपाल निर्माण हुने विश्वास व्यक्त गरेका छन । मंगलबार ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा केन्द्रीय कृषि तथा पशुपंक्षी विभागको बैठकलाई सम्बोधन गर्दै उनले देशभित्र रहेका नेपालीले नै मुलुकको विकास गर्न सक्ने बताए ।

विभिन्न देशमा गएर विकास निर्माण गरेका नेपालीले आफ्नो देश पनि बनाउन सक्दैनन् भन्ने प्रश्न नहुने भन्दै अध्यक्ष ओलीले बाहिर गएका बाहेकका नेपालीले नेपाल बनाउन सक्ने विश्वास व्यक्त गरे । “नेपालका २४ लाख जनसङ्ख्या बाहिर गएका छन् । त्यो २४ लाख जनसङ्ख्या नहुँदा पनि नेपालमै रहेका जनसङ्ख्याले मुलुकको विकास गर्न सक्दछ”, उनले भने, “विभिन्न देशमा गएर पुल, एयरपोर्ट, अनेक संरचना बनाइ दिएका छन् । आफ्नो देशमा बनाउन सक्दैनन् भन्ने कुरा हुन्छ रु”

मुलुक बाहिर गएका दक्ष जनशक्तिलाई नेपाल फर्काउनु पर्नेमा जोड दिँदै अध्यक्ष ओलीले भने, “हामी बाहिर गएर नेपालीलाई बलजफती फर्काउन सक्दैनौँ । मुलुक बाहिर जाने प्रवृत्तिलाई रोक्ने, बाहिर जाने आकर्षण कम गर्ने र मुलुकभित्रको आकर्षण वृद्धि गर्ने तथा बाहिरबाट आएपछि जान मन नलाग्ने स्थिति बनाउने गर्नुपर्दछ ।”

उनले ६० प्रतिशत जनसङ्ख्यालाई कृषि क्षेत्रमा प्रवेश गराउनुपर्नेमा जोड दिँदै कृषि अर्थतन्त्र बलियो भएको हाम्रो जस्तो समाजलाई कसैले पनि प्रहार गर्न नसक्ने दाबी गरे । “कृषिमा आधारित मजबुद अर्थतन्त्रलाई अरुले केही गर्न सक्दैनन् । त्यसको अलिकति आयात तथा निर्यात घटाउन सक्ला”, उनले भने, “हामी कृषिमा निर्भर भयौँ भने आर्थिक मन्दीले कुनै घुडा टेकाउन सक्दैन । दैनिक रुपमा जीवन चलाउनका लागि कसैले पनि केही सक्दैन ।”

श्रमको प्रयोग अहिले पनि उपयुक्त तरिकाले हुन नसकेको भन्दै अध्यक्ष ओलीले श्रमलाई ठीकसँँग प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले आज पनि मानव जातिले भोगिरहेको सबैभन्दा ठूलो समस्या भोकमरी र गरिबीको समस्या नै भएको बताए । अध्यक्ष ओलीले समाजलाई न्यायपूर्ण बनाउनको लाग सबै मान्छेलाई भोकको चिन्ताबाट मुक्त गराउनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ६ : ४९ बजे

सीमाविद् बुद्धिनारायण श्रेष्ठ पुरस्कृत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको ‘राष्ट्रिय विभूति भीमसेन

बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका

छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ

बुटवल । छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ परेका छन्

सीमावर्ती क्षेत्रको समस्या पहिचान भइसक्यो, समाधान गर्नेछौँ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले देशको दक्षिणी सीमा क्षेत्रमा स्थलगत

सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगरबस संचालन हुँदै

खजुरा । बागेश्वरी यातायात प्रालिले बैजनाथ गाउँपालिकाको सम्झना चौक देखि