११ पुस २०८२, शुक्रबार | December 26, 2025

राप्रपा नेपालले राजसंस्थाको विषयमा लिएको नीतिमा पुनर्विचार गर्छ : कमल थापा



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीले राजसंस्थाको विषयमा लिएको नीतिमा पुनर्विचार गर्ने बताएका छन् ।

मुलुकको  भूराजनीतिक अवस्थालाई दृष्टिगत गर्दै राजसंस्थाको औचित्य र आवश्यकता रहेको हुँदाहुँदै पनि पार्टीले तत्काल कार्यनीतिमा नराखेको अवस्थामा केन्द्रीय समिति बैठकमा ब्यक्त धारणा र देशभरिका कार्यकर्ताको भावनाको सम्मान गर्दै राजसंस्थाको विषयमा लिइराखेको नीतिमा पुनर्विचार गरिने थापाले स्पष्ट पारे ।

बुधबार पार्टी आवद्ध जनवर्गीय संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले कांग्रेस कम्युनिष्टप्रति जनताको चरम वितृष्णा रहेको र नयाँ शक्तिको रुपमा आएका पार्टीहरु सत्ता केन्द्रित भएको अवस्थामा २०८४ को निर्वाचनमा नयाँ शक्ति जनताको रोजाई हुने समेत थापाले बताए । थापाले त्यो नयाँ शक्ति राप्रपा नेपाललाई बनाउनुपर्ने भन्दै सबै जनवर्गीय संगठनहरुलाई संगठन केन्द्रित हुन निर्देशन दिए ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ५ : ०८ बजे

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्ररेणाका पुञ्ज हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण

हुम्लाको सर्केगाडमा भीषण आगलागी, दुई जना गम्भीर घाइते, चार घर जले

सुर्खेत । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका-२ स्थित रिप गाउँमा बिहीबार

कांग्रेस महाधिवेशन विवाद चर्किँदै, कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको विषयलाई लिएर देखिएको विवाद झन्

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’