११ श्रावण २०८३, सोमबार | July 27, 2026

कोटहीमाई गाउँपालिकाका ईन्जिनियर यादव ४५ हजार घुस रकम सहित पक्राउ



भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले ४५ हजार रूपैयाँ घुससहित कोटहीमाई गाउँपालिकाका एक ईन्जिनियरलाई पक्राउ गरेको छ । कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादवले ४५ हजार रूपैयाँ घुससहित पक्राउ परेको हो ।

कोटहीमाई गाउँपालिका वडा नं. ७ अन्तर्गतको सडक पिसिसि र ग्रावेल गर्ने कार्यको नापजाँच पश्चात सम्पन्न भएको निर्माण कार्यको भुक्तानीका लागि माग गरेको ४५ हजार रुपैयाँ घुस लिँदा लिदै यादवलाई पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले इन्जिनियर यादवलाई सेवाग्राहीबाट ४५ हजार रुपैया घुस लिइसकेको अवस्थामा उक्त रकम सहित नियन्त्रणमा लिएको आयोगको वेभसाईटमा उल्लेख छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ६ : ३२ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न