१ असार २०८३, सोमबार | June 15, 2026

भैरहवामा सञ्चालित ७ दिने चुरा-पोते बनाउने तालिम सम्पन्न



भैरहवा । आस्था महिला उद्यमी संघ सिद्धार्थनगर-९, रुपन्देहीको आयोजनामा भैरहवामा सञ्चालित ७ दिने चुरा-पोते बनाउने तालिम सम्पन्न भएको छ ।

उद्यमशीलताका लागि महिलाहरुको स्वरोजगार विकास तालिम अन्तर्गत सिद्धार्थनगर-९ स्थित चेम्बर अफकमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही)को सभाहलमा गत असार १४ गतेदेखि तालिम सुरु भएको संघकी अध्यक्ष विन्दु न्यौपानेले बताइन् ।

तालिममा ५७ जनाको सहभागीता रहेको आस्था महिला उद्यमी संघ सिद्धार्थनगरकी सचिव लक्ष्मी अधिकारीले बताइन् । उनले तालिम सञ्चालनका लागि संस्थाकै कार्यसमिति सदस्यहरुले अगुवाइ र सहयोग गरेको र अन्य कुनै निकायबाट सहयोग प्राप्त नभएको बताए ।

बुधबार आयोजित समापन कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन) का अध्यक्ष अनिल कुमार ज्ञवालीले संगठनको वस्तगुत संस्था आस्था महिला उद्यमी संघ सिद्धार्थनगरले धेरै राम्रो काम गरेको बताए । उनले संघले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने विश्वास व्यक्त गर्दै संगठनले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘अत्यन्तै खुसी छौं, आस्था महिला उद्यमी संघलाई धन्यवाद दिन चाहन्छु ।’ अध्यक्ष ज्ञवालीले तालिम लिएका महिलाहरुले सामान उत्पादन गर्न सके विक्री वितरणमा पनि सहयोग गर्ने बताए ।

संगठनका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीले आस्था उद्यमी महिला संघ सिद्धार्थनगरले नाम अनुसारको काम गरेको भन्दै प्रशंसा गरे । उनले सरकारको मुखमात्र ताकेर नहुने भएकाले आत्मनिर्भर बन्न आवश्यक रहेको बताए । उनले भने, ‘सिकेको सीपलाई व्यवहारमा उतार्न व्यवसाय सञ्चालन गर्नुपर्छ । ’ आस्था महिला उद्यमी संघ सिद्धार्थनगरकी सल्लाहकार तथा उद्योग व्यापार संगठन रुपन्देहीकी सल्लाहकार ज्ञानु पौड्यालले उत्पादित सामानको बजारीकरणमा सक्दो सहयोग गर्ने बताइन् । संगठनका सल्लाहकार सुरेन्द्र बस्यालले महिला आफै आय आर्जनमा लाग्नुपर्ने बताए ।

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठकले सिकेको सीप खेर फाल्न नहुने बताए । आस्था महिला उद्यमी संघ सिद्धार्थनगरकी निवर्तमान अध्यक्ष तथा सल्लाहकार उषाकिरण गुरुङले तालिमले महिलालाई आत्मनिर्भर बन्न सहयोग गर्ने बताइन् । तालिममा प्रशिक्षार्थीहरुको तर्फबाट बोल्दै सावित्रा भण्डारी र सुनिता पाण्डेले तालिम निकै उपलब्धी मूलक भएको र आगामी दिनमा पनि यस्ता खालको तालिम सञ्चालन गर्नुपर्ने बताए ।

आस्था महिला उद्यमी संघ सिद्धार्थनगरकी अध्यक्ष विन्दु न्यौपानेको अध्यक्षता, चेम्बर अफकमर्स, रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीको प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक पवि खनालको स्वागत, आस्था महिला उद्यमी संघकी उपाध्यक्ष मिनिता थापाको धन्यवाद ज्ञापन तथा सचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिममा प्रशिक्षक विजया गिरी र सह-प्रशिक्षक माया गुरुङले सहजीकरण गरेका थिए ।

 

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ६ : ३० बजे

रसुवागढीमा कैलाश मानसरोवर जाने तीर्थयात्रीको चाप

रसुवा । मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीको नेपाल-चीन सीमा रसुवागढी नाकामा

४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

चितवन । पछिल्लो ४५ वर्षयता चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस सरकार

धनुषा । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का

विश्वकप फटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘एफ’को खेलमा स्वीडेनले

निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो

भैरहवा । रुपन्देहीमा क्रिकेट खेलको लोकप्रियता र पूर्वाधार विस्तार तीव्रगतिमा