काठमाडौं । काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले नेपाल सरकार भारतीय गुलामहरुले चलाई रहेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै दिल्लीको आदेश मान्ने सांसदहरुको सरकारमा बहुमत रहेको पनि टिप्पणी गरेका छन् ।
बालेनले प्रधानमन्त्री प्रचण्ड भन्दा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदहरु मापथ शंका लागेको उल्लेख गर्दै सरकार दिल्लीको गुलामहरुले चलाइरहेको र आफु मात्र त्यसको विरोधमा रहेको दाबी समेत गरेका छन् । उनले आफलाई मात्र अदालतको अवहेलनाको मुद्दा लगाईएको पनि गुनासो गरेका छन् ।
‘हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो,’ उनले लेखेका छन्, ‘दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा ।’
‘भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा ?’ उनले प्रश्न गरेका छन्, ‘र, म मात्र अदालतको अवहेलनामा ? सबैजना मरेका लाशहरु हुन् ?’



















प्रतिक्रिया