९ श्रावण २०८३, शनिबार | July 26, 2026

आजबाट अमेरिका रसायन हतियारमुक्त देश बन्दै



वासिङटन । अमेरिका शुक्रबार अर्थात् आजदेखि रासायनिक हतियारमुक्त राष्ट्र बन्ने भएको छ ।

न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार अमेरिकाले ७० वर्षदेखि राखेको रासायनिक हतियारको भण्डार हटाउने प्रक्रिया आजै पूरा भए पछि रसायनिक हतियारमुक्त राष्ट्र बन्न लागेको हो । यी खतरनाक हतियारहरू हटाउन अमेरिकालाई दशकौं लागेको थियो ।

रक्षा विभागले हतियार नष्ट गर्न ३ लाख करोड रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ, जुन निर्धारित बजेटभन्दा २९०० प्रतिशत बढी हो । बाइडेनले गत महिना सेप्टेम्बरसम्म आफ्नो रासायनिक हतियार हटाउने घोषणा गरेका थिए।

न्यूयोर्क टाइम्सको रिपोर्टका अनुसार सन् १९७० को दशकमा सेनाले पुरानो जहाजमा रासायनिक हतियार लोड गरेर समुद्रमा डुबाउन चाहेको थियो। तर, जनताको विरोधपछि त्यसो हुन सकेन । त्यसपछि यी रासायनिक हतियारलाई भट्टीमा राखेर जलाउने प्रस्ताव गरिएको थियो । यो पनि स्वीकृत हुन सकेन ।

हाल अमेरिकाले रासायनिक हतियार नष्ट गर्न रोबोटिक मेसिनको सहयोग लिएको छ । गोलाहरूमा राखिएका यी हतियारहरूलाई १५०० डिग्री फरेनहाइट तापक्रममा जलाइएको छ।

अमेरिकी सेनाले सन् १९१८ देखि युद्धमा घातक रासायनिक हतियार प्रयोग गरेको छैन। तर, भियतनाम युद्धका क्रममा उसले मानवका लागि खतरनाक मानिने एजेन्ट ओरेन्ज जस्ता रसायनिक हतियारको प्रयोग गरेका थियो ।

सन् १९८९ मा अमेरिका र सोभियत संघले आ–आफ्ना रासायनिक हतियारको भण्डार नष्ट गर्न सहमत भएका थिए तर तिनीहरूलाई नष्ट गर्न भने त्यति सजिलो छैन। तिनीहरूलाई नष्ट गर्ने एक मात्र तरिका जलाउनु हो, जसले विषाक्त धुवाँ उत्सर्जन गर्दछ। यो धुवाँको प्रभावलाई सम्हाल्न निकै गाह्रो छ ।

सन् १९८६ मा अमेरिकाको उटाह राज्यमा ५६०० भेडा अचानक मरे । यो ठाउँ रासायनिक हतियार परीक्षण स्थलको धेरै नजिक थियो। अमेरिकी कांग्रेसको दबाब पछि सेनाले भिएक्स नामक रासायनिक हतियारको परीक्षण गरिरहेको स्वीकार गरेको थियो । उनीहरूसँग ८ राज्यमा रासायनिक हतियारको भण्डार रहेको थियो ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ११ : २१ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको