२० बैशाख २०८३, आइतबार | May 3, 2026

एमाले सिद्धान्त र व्यवहारमा अब्बल पार्टी : योगेश भट्टराई



बारा । नेकपा एमालेका सचिव एवंम मधेस प्रदेश कमिटीका इन्चार्ज योगेश भट्टराईले नेकपा एमालेमा सिद्धान्त र व्यवहारको दृष्टिकोणले देशको सबैभन्दा अब्बल पार्टी रहेको बताएका छन् । पार्टी कामको सिलशिलमा रौतहट जान लागेका नेता भट्टराईले निजगढमा आयोजित पार्टी कार्यकर्ताहरु भेटघाट र परिचयात्मक कार्यक्रममा सो कुरा बताएका हुन् ।

‘सिद्धान्त र विचारमा मात्रै होइन एमाले व्यवहारमा पनि उत्तिकै अब्बल छ, उनले भने, ‘पार्टीले अङ्गिकार गरेको जनताको बहुदलीय जनवाद माक्सवादको सृजनात्मक सृजनात्मक प्रयोग हो र विश्वका अन्य धेरै देशमा यसलाई अपनाउन थालिएको छ ।’ उनले पार्टीको सिद्धान्त र व्यवहार सहि भएकोले नै अहिले एमाले देशको सबैभन्दा लोकप्रिय दलको रुपमा रहेको पनि बताए ।

‘एमाले जनताको मनमा बसेको पार्टी हो, उनले भने, गत संसदीय निर्वाचनमा विपक्षीहरुको गठबन्धनका बाबजुद जनताले एमालेलाई मत दिएर समानुपातिकतर्फ सबैभन्दा ठूलो दल बनाएका हुन् ।’

उनले चुनावमा विपक्षीहरुले  गठबन्धन नगरकेो भए एमालेले प्रत्यक्षतर्फ पनि थप २०(२५ सिट बढी जित्ने दाबी पनि गरे ।  उनले राष्ट्रियताको बारेमा एमालेले अबलम्बन गरेको नीतिका कारण पनि देशको स्वभिमान उच्च हुदै गएको बताए । आफूहरुले छिमेकी भारत र चीन दुबैको प्रभावमा नपरी राष्ट्रिय स्वाधिनताको लागि काम गरेको भट्टराईको दाबी छ ।

हालको निर्वाचन प्रणालीमा कुनै पनि दलले एक्लै बहुमत ल्यााउन कठिन हुने भएकोले यो प्रणाली परिवर्तन गर्ने बारेमा पनि बहस सुरु भएको उनले बताए ।‘निर्वाचन प्रणालीले एकल दलको सरकार गठन गर्न मात्र बाधक होइन दलहरुलाई नै भ्रष्टीकरणको दिशामा पुर्‍याएको छ, नेता भट्टराईले भने, यस्तो प्रणालीलाई परिवर्तन गर्नुपर्छ ।’ उनले निर्वाचन प्रणाली खर्चिलो भएकोले दलहरुले चुनाव जित्नको लागि पैसावालालाई टिकट दिनुपर्ने बाध्यता आएको जनाए ।

‘असल र इमान्दार मान्छेले भन्दा साम, दाम र दण्डभेद प्रयोग गर्न सक्नेले मात्रै टिकट पाउने अवस्था आयो,’ उनले भने।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  १२ : २५ बजे

रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु

रसुवा । नेपाल-चीन सीमा नाका रसुवागढी हुँदै पवित्र धार्मिकस्थल मानसरोवर

सुनचाँदी बजार : सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको भाउ

हुलाकी राजमार्ग खजुरा खण्डको सडक फराकिलो बनाउन माग गर्दै हस्ताक्षर संकलन

खजुरा । स्तरोन्नतीको चरणमा रहेको नेपालगन्ज-गुलरिया सडक खण्डको खजुरा बजार

भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू-अभिलेख

लालपुर्जा नभएका सबैलाई हटाउन खोजे ५० लाख जनसंख्या गरिबीको चक्रमा फस्नेछ : शंकर पोखरेल

काठमाडौं । सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बस्तीमाथि निरन्तर डोजर