१६ माघ २०८२, शुक्रबार | January 30, 2026

कोशीमा मुख्यमन्त्री नियुक्ति विरुद्ध एमाले सर्वोच्चमा, आइतबार पेशी



काठमाडौं । नेकपा एमालेले कोशी सरकार गठन विरुद्ध सर्वोच्चमा रिट दायर गरेको छ । आज बिहान मात्र सपथ लिएका प्रदेशका मुख्यमन्त्रीमा उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमाले सर्वोच्च अदालत पुगेको हो ।

एमालेको तर्फबाट निवर्तमान मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता हिम्मत कार्कीले बारेसमार्फत रिट दायर गरेका हुन् । रिटमाथि आइतबार सुनुवाइ हुनेभएको छ ।

रिटमा मुख्यमन्त्री थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ । सरकार गठनको क्रममा गठबन्धन दलहरुले सभामुखको हस्ताक्षर समेत प्रयोग गरेको भन्दै एमाले त्यस विरुद्ध सर्वोच्चमा रिट दायर गरेको हो ।

कार्कीले आफ्नो रिटमा संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधान विपरीतको कार्य भएको दावी गरेका छन् ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ४ : ५० बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र