३१ असार २०८३, बुधबार | July 16, 2026

सदनको अवरोध अन्त्य गर्न एमाले सहमत



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सदनको अवरोध अन्त्य गर्न सहमत भएको छ । गत बुधबारदेखि एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै सदन अवरुद्ध गर्दै आएको छ ।

आइतबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सत्तासाझेदार दल कांग्रेस सभापति शेरबहादुर देउवा तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबीचकाके छलफलमा सदनमा चित्तबुझ्दो भाषामा प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउँदै माफी माग्ने सहमतिपछि एमालेले सदनको गतिरोध हटाउन सहमत भएको हो ।

बैठकबाट बाहिरिने क्रममा अब सदन खुल्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा एमाले अध्यक्ष ओलीले भने, ‘भरे देख्नुहुन्छ।’

सदनको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्डले शीर्षनेताको बैठक राखेका हुन् । आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक पटक दिल्ली धाएको भन्ने प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले सदन अवरुद्ध गर्दै आएको छ । प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै सदन अवरुद्ध गरेको एमालेका अध्यक्ष ओलीसँग प्रधानमन्त्री प्रचण्ड र सत्तासाझेदार दल कांग्रेस सभापति देउवाले छलफल गरेका हुन् ।

आइतबार बसेको राष्ट्रिय सभा बैठक अवरुद्ध भएको छ भने प्रधानमन्त्रीको आग्रहमा १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अपरान्ह ३ बजेसम्मका लागि सारिएको छ ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  २ : ०१ बजे

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही

नियमावलीका केही प्रावधानप्रति ईक्यान रुपन्देहीको असन्तुष्टि, संशोधनका लागि पहल गर्ने

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “शैक्षिक