५ पुस २०८२, शनिबार | December 20, 2025

नेपाल लाईभस्टक सेक्टर ईनोभेशन आयोजना विकेन्द्रकृत सहयोग एकाई बुटवलद्धारा अन्तरक्रिया



बुटवल । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल लाईभस्टक सेक्टर इनोभेशन आयोजना, विकेन्द्रकृत सहयोग इकाई बुटवलद्धारा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

बुटवलमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल लाईभस्टक सेक्टर इनोभेशन आयोजना कार्यान्वय का प्रमुख उमेश दाहालले आयोजनाले नमुना काम को सुरुवात गरेको बताए ।

अन्य आयोजना भन्दा फरक यसमा किसानले समुहलियत दरमा कृषि कर्जा प्राप्त गरेको जानकारी दिदै उनले उप आयोजानको ५० प्रतिशतमा कामको आधारमा आयोजनाले अनुदान उपलब्ध गराएको र अन्य ३० प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी गरेको र २० प्रतिशत किसान, समुह सहकारीको लगानी भएको बताउँदै उनले अन्य आयोजान भन्दा यो आयोजना अनुदानको साथै अन्य पुर्वाधार निर्माणमा पनि नमुना काम गरेको बताए ।

विकेन्द्रीकृत सहयोग एकाई बुटवलका आयोजना संमन्वय प्रमुख बरिष्ठ पशु चिकित्सक डा. गान्धीराज उपाध्यायका अनुसार ५ बर्षको आयोजानमा बुटवल कार्यालय अन्र्तगतका ७ वटा जिल्लामा आयोजना लागू भएको थियो ।

समुह सहकारीका कुल ४७ वटा उप आयोजनालाई बुटव कार्यालयले कुल २६ करोड ९८ लाख १० हजार ८ सय ७१ रुपैयाँ किसानलाई प्रदान गरेको छ भने नीजी फार्म तर्फ हाल सम्म १५ करोड ४२ लाख ६६ हजार ४ सय ९३ रुपैयाँ अनुदान प्रदान गरेको छ । जसमा अझै ७ वटा उप आयोजनाको आगामी साउन महिनाको पहिलो साता अनुदान रकम प्रदान हुदै छ ।

पहिलो चरणमा समुह सहकारी मार्फत काम गरेको आयोजनाले दोस्रो चरणमा नीजि फार्महरुको लागि अनुदान प्रदान गर्ने कार्यक्रम ल्याएको थियो । आयोजना संमन्वय प्रमुख डा. उपाध्यायका अनुसार पहिलो चरणमा समुह सहकारी मार्फत कुल ५० वटा समझौता गर्न आएकोमा ४७ वटा आयोजना मात्रै ले पुरा काम गरी भुक्ती लगेर उप आयोजना सम्पन्न भैसकेका छन् । यस्तै दोस्रो चरणमा नीजि फार्महरु कुल ११७ वटा छनौट भएकोमा ७९ वटा उपआयोजनाहरुले पहिलो किस्ता बापतको रकम लगिसकेका छन् । दोस्रो किस्ताको करम लैजाने उप आयोजनाहरु ७० वटा दोस्रो किस्ता र ६९ वटा उप आयोजनाले तेस्रो किस्ता बापतको रकम समेत लगिसकेका हुन ।

सहयोग एकाई बुटवलका अनुगमन तथा मुल्यांक अधिकृत डा. शिवलाल भुषालका अनुसार समुह सहकारीमा ३२ वटा दुध र दुग्धजन्य पदार्थका, १५ वटा मासु तथा मसुजन्यका उप आयोजानहरुले काम गरेका थिए । भने नीजी फार्म तर्फ दुग्ध पद्धार्थ उत्पादन तथा प्रसोधन तर्फ ५४ वटा, मासुजन्य पद्धार्थको उत्पादन र प्रसोधनमा २५ वटा ले काम गरेका थिए ।

सहयोग एकाई बुटवलका योजना अधिकृत डा. अरुण खनालका अनुसार समुह, सहकारी, नीजि फार्म को अलवा विकेन्द्रकृति सहयोग एकाई बुटवलले सियारी गाउँपालिमा नमुना पशु हाट बजार स्थापना गरेको छ भने अर्घाखाँचीको सितगंगामा खसी बोका संकलन केन्द्र निर्माण पुरा गरी सञ्चालनमा आईसकेको छ ।

यस्तै सेमलारमा साना किसान कृषि सहकारी संस्था मार्पmत साईलेज उत्पादन गरी विक्रि वितरणका काम समेत भएका छन् । पशु आहारा सम्बन्धी प्रसोधन केन्द्र निर्माण, पशु स्वाथ्य केन्द्रमा एक्सरे र युएसजी(भिडियो एक्सरे) मेसीन समेत प्रदान गरेको छ ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ६ : १३ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता