५ चैत्र २०८२, बिहिबार | March 19, 2026

भ्रष्टाचारको छानबिन हुनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल



पाल्पा । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारी जग्गामा अनियमितता गर्ने छानबिन गरिनुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री नेपालले ललिता निवास जग्गा प्रकरणलगायत सरकारी जग्गामा भ्रष्टाचारसँग जोडिएका कसैलाई पनि उन्मुक्ति दिन नहुने स्पष्ट पारे ।

ललिता निवास जग्गा प्रकरणमा जोसुकै दोषी देखिए पनि कारबाही हुनुपर्ने बताउँदै उनले आफूलगायत पूर्वप्रधानमन्त्री धेरैको नाम जोडिएकाले सत्यतथ्य छानबिन गरी बाहिर ल्याउनुपर्ने बताए ।

आफू प्रधानमन्त्री हुँदा सरकारी तथा अन्य जग्गा कानुनसम्मत् छुट्टाएर अगाडि बढाउनु भन्ने निर्णय भएको उनको भनाइ थियो । सरकारी जग्गा हिनामिना प्रकरणमा जसले कसुर गरेको छ, उसले दण्ड पाउनुपर्ने उनको भनाइ छ ।

भ्रष्टाचारमा जोडिएका दोषी कोही पनि उम्कनु नहुने भन्दै उनले जग्गा अनियमितता र भ्रष्टाचारका विषयमा आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पूर्वप्रधानमन्त्री नेपालले वर्तमान सरकार पाँच वर्षसम्म बलियो भएर अघि बढ्ने समेत दाबी गरे । उनले वर्तमान सरकारलाई टिकाइराख्नका लागि गठबन्धन दलभित्र छलफल चलिरहेको समेत बताए ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ४ : ५३ बजे

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

दाङ । यहाँको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

काठमाडौं । गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा

‘लालीबजार’ मा फरक भूमिकामा छु : अभिनेत्री खड्का

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक विषयवस्तुमा आधारित रहेर तयार

समानुपातिक सांसदलाई आज प्रमाणपत्र प्रदान गरिंदै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई आज

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई