५ चैत्र २०८२, बिहिबार | March 19, 2026

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु, नीति महाधिवेशनको मिति मुख्य अजेन्डा



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु हुँदै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेबाट बैठक सुरु हुनेछ । कांग्रेसले एक वर्षपछि केन्द्रीय समितिको बैठक बोलाएको हो ।

बैठकमा गत वर्ष भएको निर्वाचनको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । त्यस्तै, बैठकमा यसबीचमा भएका निर्णयहरू अनुमोदन गराउनेदेखि भातृ सङ्गठन सम्बन्धी गरेको निर्णय र विस्तारका बारेमा पुर्न बिचार गरिने भएको छ ।

बैठकमा महाधिवेशन सम्पन्न गरेको ६ महिनामा गर्ने भनिएको नीति अधिवेशनका बारेमा पनि छलफल हुनेछ । जसअनुसार नीति महाधिवेशनको मिति र स्थानसमेत तय गरिने जनाइएको छ ।

गत बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा उपसभापित र महामन्त्रीको बैठकले केन्द्रीय समिति बैठकको मिति तय गरेको थियो । कांग्रेसको केन्द्रीय समितिको बैठक प्रत्येक दुई–दुई महिनामा बस्नुपर्ने विधानमा उल्लेख छ भएपनि एक वर्षपछि कांग्रेसको बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ७ : १७ बजे

बुटवलमा चैत्र ७ गते नेपाली राजनितीको परिदृष्य बारे बहस हुँदै

बुटवल । चिन्तन अभियान नेपाल रुपन्देहीले नेपाली राजनितीको परिदृष्य बारे

बुटवलमा ‘मिष्टर रामापिथेकस’ शारीरिक सुगठन प्रतियोगिता हुँदै

बुटवल । बुटवलमा ‘मिष्टर रामापिथेकस’ राष्ट्रव्यापी शारीरिक सुगठन तथा महिला

कैलालीमा श्रीमतीको गोली हानी हत्या, श्रीमान् घाइते

धनगढी । कैलाली मा एक युवकले आफ्नै श्रीमतीको गोली हानी

‘पार्स ग्याँस फिल्ड’मा आक्रमणपछि इरानको जवाफी हमला, कतारको ठूलो पेट्रोलियम प्लान्टमा क्षति

विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रसँग जोडिएको इरानको साउथ पार्समा

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

दाङ । यहाँको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन