३ श्रावण २०८३, आइतबार | July 20, 2026

कारमा सेक्स गर्दागर्दै बिरामीको मृत्यु, अस्पतालद्वारा नर्सलाई बर्खास्त



वेल्स । बेलायतकी एक नर्सले अस्पतालको पार्किङमा आफूसँग यौनसम्पर्क गर्ने क्रममा बिरामीको मृत्यु भएको घटना सार्वजनिक भएको छ ।

ती बिरामीसँगको सम्बन्ध राख्दै आएको र यौन सबन्ध गर्दागर्दै बिरामीको मृत्यु भएको पत्ता लागेपछि अस्पतालले उनलाइ जागिरबाट निकालिदिएको छ । सो क्रममा मृतकसँग एक वर्षभन्दा बढी समयदेखि सम्बन्ध रहेको नर्सले स्वीकार गरिन् ।

नर्सले बिरामीको यौनसम्पर्कका बेला मृत्युपछि पनि एम्बुलेन्स नबोलाएको आरोप लागेको थियो । भनिएको छ कि, जब मेडिकल आपतकालीन कर्मचारीहरु पार्किङ स्थलमा पुगेका थिए, उनीहरुले बिरामीलाई आंशिक रूपमा नग्न र निष्क्रिय रूपमा भेटेका थिए ।

ती बिरामीको वेल्सको अस्पतालमा डायलासिसको उपचार भइरहेको थियो र यौन सम्पर्क गर्दा गर्दै हृदयघातका कारण उनको मृत्यु भएको थियो । द टाइम्स यूकेका अनुसार बिरामीको मृत्यु कार्डियक अरेस्ट र क्रोनिक मृगौला रोगका कारण भएको थियो ।

नर्सिङ एण्ड मिडवाइफरी काउन्सिल ९एनएमसी० प्यानल समक्ष विस्तृत अनुसन्धान र परीक्षणको माग गरिएको थियो ।

मिडिया रिपोर्ट अनुसार अभियुक्त नर्सका सहकर्मीहरूलाइ मृतक बिरामीसँग उनको सम्बन्ध रहेको बारेमा थाहा थियो र उनीहरूमध्ये केहीले उनलाई गम्भीर परिणामहरूको चेतावनी पनि दिएका थिए । तर उनले यी सुझावहरूलाई बेवास्ता गर्दै निरन्तर यौन सम्पर्कका लागि बिरामीसँग सबन्धमा रहेकी थिइन् ।

नर्सले आफ्नो पेशाको मर्यादा मात्र उल्लङ्घन गरेकी थिइन्, एम्बुलेन्स नबोलाएर र डाक्टरलाइ पनि हृदयघात भएको बारेमा जानकारी नदिइ लुकाएकी थिइन । बरु, उनका साथीहरूले कारमा बिरामी छटपटिएको देखेपछि अरूलाइ बोलाएका थिए ।

द टेलिग्राफका अनुसार, नर्सले भनिन् कि उनले कारको पछाडि ‘३० देखि ४५ मिनेट’ मात्र बिताएकी थिइन । उनले काउन्सिलमा दिएको बयान अनुसार सो क्रममा बिरामी एक्कासी कराउन थालेको र मृत्यु भएको बताएकी छिन् । सुरूमा सबन्ध अस्विकार गर्दै आएकी ती नर्सले पछि भने ती बिरामी पुरुषसँगको सम्बन्ध स्वीकार गरेकी थिइन र आफूले त्यो रात यौनका लागि भेटेको पनि बताएकी थिइन ।

 

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ७ : ३१ बजे

अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट चार जनालाई

पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था

काठमाडौँ । साउने सोमबारको अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको

बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन : पहिलो दिनमै १९ थान बेवारिसे मिटर फेला

नेपालगन्ज । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले बाँकेमा विद्युत्

झिमरुक खोलामा एक पुरुषको शव फेला

प्यूठान । प्यूठानको ऐरावती गाउँपालिका-५ पकलास्थित झिमरुक खोलामा एक जनाको

राति १० बजेपछि नारायणगढ-मुग्लिन सडकमा सवारी आवागमन बन्द

चितवन । स्थानीय प्रशासनले नारायणगढ-मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग