१३ आश्विन २०८०, शनिबार | September 30, 2023

कारमा सेक्स गर्दागर्दै बिरामीको मृत्यु, अस्पतालद्वारा नर्सलाई बर्खास्त



वेल्स । बेलायतकी एक नर्सले अस्पतालको पार्किङमा आफूसँग यौनसम्पर्क गर्ने क्रममा बिरामीको मृत्यु भएको घटना सार्वजनिक भएको छ ।

ती बिरामीसँगको सम्बन्ध राख्दै आएको र यौन सबन्ध गर्दागर्दै बिरामीको मृत्यु भएको पत्ता लागेपछि अस्पतालले उनलाइ जागिरबाट निकालिदिएको छ । सो क्रममा मृतकसँग एक वर्षभन्दा बढी समयदेखि सम्बन्ध रहेको नर्सले स्वीकार गरिन् ।

नर्सले बिरामीको यौनसम्पर्कका बेला मृत्युपछि पनि एम्बुलेन्स नबोलाएको आरोप लागेको थियो । भनिएको छ कि, जब मेडिकल आपतकालीन कर्मचारीहरु पार्किङ स्थलमा पुगेका थिए, उनीहरुले बिरामीलाई आंशिक रूपमा नग्न र निष्क्रिय रूपमा भेटेका थिए ।

ती बिरामीको वेल्सको अस्पतालमा डायलासिसको उपचार भइरहेको थियो र यौन सम्पर्क गर्दा गर्दै हृदयघातका कारण उनको मृत्यु भएको थियो । द टाइम्स यूकेका अनुसार बिरामीको मृत्यु कार्डियक अरेस्ट र क्रोनिक मृगौला रोगका कारण भएको थियो ।

नर्सिङ एण्ड मिडवाइफरी काउन्सिल ९एनएमसी० प्यानल समक्ष विस्तृत अनुसन्धान र परीक्षणको माग गरिएको थियो ।

मिडिया रिपोर्ट अनुसार अभियुक्त नर्सका सहकर्मीहरूलाइ मृतक बिरामीसँग उनको सम्बन्ध रहेको बारेमा थाहा थियो र उनीहरूमध्ये केहीले उनलाई गम्भीर परिणामहरूको चेतावनी पनि दिएका थिए । तर उनले यी सुझावहरूलाई बेवास्ता गर्दै निरन्तर यौन सम्पर्कका लागि बिरामीसँग सबन्धमा रहेकी थिइन् ।

नर्सले आफ्नो पेशाको मर्यादा मात्र उल्लङ्घन गरेकी थिइन्, एम्बुलेन्स नबोलाएर र डाक्टरलाइ पनि हृदयघात भएको बारेमा जानकारी नदिइ लुकाएकी थिइन । बरु, उनका साथीहरूले कारमा बिरामी छटपटिएको देखेपछि अरूलाइ बोलाएका थिए ।

द टेलिग्राफका अनुसार, नर्सले भनिन् कि उनले कारको पछाडि ‘३० देखि ४५ मिनेट’ मात्र बिताएकी थिइन । उनले काउन्सिलमा दिएको बयान अनुसार सो क्रममा बिरामी एक्कासी कराउन थालेको र मृत्यु भएको बताएकी छिन् । सुरूमा सबन्ध अस्विकार गर्दै आएकी ती नर्सले पछि भने ती बिरामी पुरुषसँगको सम्बन्ध स्वीकार गरेकी थिइन र आफूले त्यो रात यौनका लागि भेटेको पनि बताएकी थिइन ।

 

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ७ : ३१ बजे

चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

बुटवल । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले नेपालले छिमेकी मुलुक

भोलिबाट बुटवल-पाल्पाको लुम्बिनी केबलकार बन्द हुने

बुटवल । गत जेठ १५ गतेबाट संचालनमा आएको लुम्बिनी केबलकारको

सत्तामा रहेका दल र नेताहरुले अब पनि मिसन ८४ भन्नु जनतामाथिको बेइमानी र धोका : रवि लामिछाने

नेपालगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

पेट्रोलियम पदार्थ अन्वेषण मुआब्जा विवाद सुल्झियो

दैलेख । पेट्रोलियम पदार्थ अन्वेषणका लागि जग्गा खरिद प्रक्रियामा देखिएको

नीति निर्माणसँगै कार्यान्वयन पक्ष झनै कम्जोर छ : अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा भ्रष्टाचार नियन्त्रण