काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी एवं नेकपा (माओवादी केन्द्र)का सल्लाहकार सीता दाहालको निधन भएपछि बैठक बसेको हो । बैठकले दाहालको निधनप्रति शोक प्रस्ताव पारित गर्नेछ ।
माओवादी केन्द्रका अध्यक्ष दाहाल पत्नी एवं माओवादी केन्द्रका सल्लाहकार सीताको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको थियो ।



















प्रतिक्रिया