११ पुस २०८२, शुक्रबार | December 26, 2025

राजदूत नियुक्ति प्रक्रिया चाँडै छिट्टै टुंगिन्छ : परराष्ट्रमन्त्री साउद



काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले राजदूत नियुक्ति प्रक्रिया चाँडै छिट्टै टुंगिने बताएका छन् ।

बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले राजदूत नियुक्तिको सम्बन्धमा उच्च तहमा छलफल भइरहेकाले चाँडै टुंगिने बताएका हुन् ।

राजदूत नियुक्ति ५० प्रतिशत परराष्ट्रभित्रबाट र ५० प्रतिशत परराष्ट्रबाहिरबाट गरिने जानकारी दिएका मन्त्री साउदका अनुसार हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, युएई र कुवेत गरी ७ स्थानमा राजदूत रिक्त रहेका छन् ।

विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धारका लागि र सहजीकरण गर्ने कामलाई नियोगहरुले उच्च प्राथमिकता राखेको बताउँदै उनले नियोगहरुलाई साधन, स्रोत सम्पन्न बनाउँदै लैजाने पनि बताए ।

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  १२ : १० बजे

प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् विस्तार, बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै नेपाली सेनाका

प्रधानमन्त्री कार्कीद्वारा तीन दलका शीर्ष नेताको बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचनको तयारीका विषयमा छलफल

सरकारले निर्वाचनको वातावरण बनाएको छ : सञ्चारमन्त्री खरेल

भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन