६ श्रावण २०८३, बुधबार | July 22, 2026

प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार सुरु



काठमाडौ । प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्स एक आपसमा मर्जर भएर शुक्रबारबाट एकीकृत कारोबार सुरु भएको छ । दुई कम्पनी एक भएपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको छ । यी कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल धितोपत्र बोर्डले असार २६ गते र बिमा प्राधिकरणले जेठ २९ गते अन्तिम स्वीकृति दिइसकेका छन् ।

यस्तै, कम्पनी कम्पनी रजिष्ट्रार कार्यालयले असार १८ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । प्रभु लाइफको बोनस सेयर जारी पछि मर्जर पश्चात बन्ने कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड रुपैयाँ पुग्नेछ । बिमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ चुक्ता पुँजीको लागि एकीकृत कारोबार पछि यसले ९० करोड रुपैयाँ बराबरको प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने जनाएको छ ।

यता, एकीकृत कारोबार सुरु गर्नको लागि डाटा माइग्रेसनको काम गर्नुपर्ने भएकोले असार २९, ३० र ३१ गते २ वटै कम्पनीले प्रदान गर्ने सम्पूर्ण सेवाहरु बन्द भएका छन् । यी दुई कम्पनी १ः१ अनुपातमा मर्ज भएका हुन् ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ३ : ०७ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको