११ पुस २०८२, शुक्रबार | December 26, 2025

एकीकृत समाजवादीको सचिवालय बैठक सोमबारसम्म स्थगित



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आगामी साउन १ गते सोमबारसम्म स्थगित गरिएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा शुक्रबारदेखि सुरु भएको बैठकमा समावेश गरिएका कार्यसूचीमा छलफलको क्रम जारी रहेकाले बैठक सोमबार बिहान पुनः बस्ने गरी स्थगित गरिएको उपमहासचिव डा विजय पौडेलले जानकारी दिए ।

समसामयिक घटनाक्रम, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीतिमा छलफल केन्द्रित गरिएको बैठकमा आगामी कामको विस्तृत योजना, कार्ययोजना, कार्यविभाजन, बैठकमा जनसङ्गठन युवा र विद्यार्थी, विभागका काम र व्यवस्थापन गर्ने विषयमा नेताहरूले धारणा राखेका थिए ।

पार्टी परित्याग गरी गएका केही नेताको पद रिक्त रहेकाले ती पदमा कसलाई मनोनित गर्ने भन्ने विषयमा आगामी बैठकमा प्रस्ताव तथा कमिटीका समायोजन तथा थपघटबारे छलफल गरिनेछ । पार्टीमा केही उपाध्यक्षसहितका पदाधिकारी तथा बागमती र लुम्बिनी प्रदेशमा इन्चार्ज पद रिक्त छन् ।

 

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  १० : ४६ बजे

पर्यटकको आकर्षक गन्तव्य बन्दै अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट

शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको

गृह मन्त्रालयद्वारा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको