८ श्रावण २०८३, शुक्रबार | July 25, 2026

एकीकृत समाजवादीको सचिवालय बैठक सोमबारसम्म स्थगित



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आगामी साउन १ गते सोमबारसम्म स्थगित गरिएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा शुक्रबारदेखि सुरु भएको बैठकमा समावेश गरिएका कार्यसूचीमा छलफलको क्रम जारी रहेकाले बैठक सोमबार बिहान पुनः बस्ने गरी स्थगित गरिएको उपमहासचिव डा विजय पौडेलले जानकारी दिए ।

समसामयिक घटनाक्रम, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीतिमा छलफल केन्द्रित गरिएको बैठकमा आगामी कामको विस्तृत योजना, कार्ययोजना, कार्यविभाजन, बैठकमा जनसङ्गठन युवा र विद्यार्थी, विभागका काम र व्यवस्थापन गर्ने विषयमा नेताहरूले धारणा राखेका थिए ।

पार्टी परित्याग गरी गएका केही नेताको पद रिक्त रहेकाले ती पदमा कसलाई मनोनित गर्ने भन्ने विषयमा आगामी बैठकमा प्रस्ताव तथा कमिटीका समायोजन तथा थपघटबारे छलफल गरिनेछ । पार्टीमा केही उपाध्यक्षसहितका पदाधिकारी तथा बागमती र लुम्बिनी प्रदेशमा इन्चार्ज पद रिक्त छन् ।

 

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  १० : ४६ बजे

अख्तियारकोे बार्षिक समीक्षा सम्पन्न : उजुरीहरूमध्ये सबै भन्दा बढी स्थानीय तहसँग सम्बन्धित

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/८३ को

सीमाविद् बुद्धिनारायण श्रेष्ठ पुरस्कृत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको ‘राष्ट्रिय विभूति भीमसेन

बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका

छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ

बुटवल । छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ परेका छन्

सीमावर्ती क्षेत्रको समस्या पहिचान भइसक्यो, समाधान गर्नेछौँ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले देशको दक्षिणी सीमा क्षेत्रमा स्थलगत