१८ माघ २०८२, आइतबार | February 1, 2026

सिड्नी-दिल्ली उडानमा एयर इन्डियाका अधिकारीलाई यात्रीले हाने थप्पड



नयाँदिल्ली । एक हवाई यात्रुसँग अभद्र व्यवहारको अर्को घटना बाहिर आएको छ ।

सिड्नी-दिल्ली उडानमा सवार एयर इन्डिया (एआई) का एक वरिष्ठ अधिकारीलाई कथित रूपमा दुर्व्यवहार र कुटपिट गरिएको थियो।

सिटमा गडबडीका कारण बिजनेस क्लासबाट इकोनोमी क्लासमा झरेका एयर इन्डियाका अधिकारीले चर्को स्वरका कारण सहयात्रीलाई रोक्न खोज्दा उक्त घटना भएको स्रोतले जनाएको छ ।

शारीरिक आक्रमणको बाबजुद एयर इन्डियाका चालक दलका सदस्यले अनियन्त्रित यात्रुलाई नियन्त्रण गर्न संयम उपकरण प्रयोग गरेनन ।

एक विज्ञप्तिमार्फत एयर इन्डियाका प्रवक्ताले भने, ‘जुलाई ९ मा सिड्नी-दिल्ली सञ्चालन गर्ने उडानमा एक यात्रुले मौखिक र लिखित चेतावनीको बाबजुद, उडानको क्रममा अस्वीकार्य व्यवहार गरे, जसले अन्य यात्रुहरूलाई असुविधा भएको थियो, जसमा हाम्रा एक कर्मचारीमाथी पनि हातपात भयो ।’

विमान दिल्लीमा सकुशल अवतरण गरेपछि यात्रुलाई सुरक्षा निकायलाई सुम्पिएको र पछि यात्रुले लिखित रूपमा माफी मागेको एयरलाइन्सले जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ९ : ११ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन