१० असार २०८३, बुधबार | June 24, 2026

सिड्नी-दिल्ली उडानमा एयर इन्डियाका अधिकारीलाई यात्रीले हाने थप्पड



नयाँदिल्ली । एक हवाई यात्रुसँग अभद्र व्यवहारको अर्को घटना बाहिर आएको छ ।

सिड्नी-दिल्ली उडानमा सवार एयर इन्डिया (एआई) का एक वरिष्ठ अधिकारीलाई कथित रूपमा दुर्व्यवहार र कुटपिट गरिएको थियो।

सिटमा गडबडीका कारण बिजनेस क्लासबाट इकोनोमी क्लासमा झरेका एयर इन्डियाका अधिकारीले चर्को स्वरका कारण सहयात्रीलाई रोक्न खोज्दा उक्त घटना भएको स्रोतले जनाएको छ ।

शारीरिक आक्रमणको बाबजुद एयर इन्डियाका चालक दलका सदस्यले अनियन्त्रित यात्रुलाई नियन्त्रण गर्न संयम उपकरण प्रयोग गरेनन ।

एक विज्ञप्तिमार्फत एयर इन्डियाका प्रवक्ताले भने, ‘जुलाई ९ मा सिड्नी-दिल्ली सञ्चालन गर्ने उडानमा एक यात्रुले मौखिक र लिखित चेतावनीको बाबजुद, उडानको क्रममा अस्वीकार्य व्यवहार गरे, जसले अन्य यात्रुहरूलाई असुविधा भएको थियो, जसमा हाम्रा एक कर्मचारीमाथी पनि हातपात भयो ।’

विमान दिल्लीमा सकुशल अवतरण गरेपछि यात्रुलाई सुरक्षा निकायलाई सुम्पिएको र पछि यात्रुले लिखित रूपमा माफी मागेको एयरलाइन्सले जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ९ : ११ बजे

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

भैरहवा । लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुला प्रतिस्पर्धामार्फत

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया