२९ बैशाख २०८१, शनिबार | May 12, 2024

नेपालगन्जमा जिल्ला खेलकुद र राखेपबीच लफडा, निर्माणमा भ्रष्टाचार भएको भन्दै प्रदेश खेलकुदमा तालाबन्दी



नेपालगन्ज । राष्ट्रिय खेलकुद परिषदले नेपालगन्ज रङ्गशालामा लगाएको ठेक्कामा भ्रष्टाचार भएको भन्दै बाँके जिल्ला खेलकुद विकास समितिका पदाधिकारीले आन्दोलनको घोषणा गरेका छन् । नेपालगन्ज रङ्गशालामा गुणस्तर नियन्त्रणविनै गुणस्तरहिन काम भइरहेको आरोप लगाउँदै जिल्ला समितिका पदाधिकारीहरुले आन्दोलनको घोषणा गरेका हुन् ।

गुणस्तरहिन काम भइरहेको भन्दै राखेपको ध्यानाकर्षण गराउँदा पनि राखेपबाट सुनुवाई नभएपछि जिल्ला खेलकुद विकास समितिका खेल पदाधिकारीहरुले आन्दोलन गर्न बाध्य हुनु परेको उनीहरुले बताएका छन् ।

गुणस्तरहिन काम भएको भन्दै यसअघिनै निर्माणकार्य रोक्ने चेतावनी दिएका जिल्ला अध्यक्ष सन्दीपजंग शाहलाई राखेपबाट खटाइएका इन्जिनियर चिरन्जीवी लम्सालले अश्लील शब्दसहित उल्टै हप्काएपछि जिल्लाले कारबाहीका लागि राखेपको ध्यानाकर्षण गराएको अध्यक्ष शाहले बताए । ध्यानाकर्षणको कहिंकतै सुनुुवाई नभएपछि आन्दोलनको अवस्था आएको शाहले बताए ।

उनले रंगशालामा निर्माण भइरहेको एथलेटिक्स सेन्थेटिक ट्रयाकको काममा गम्भीर लापरबाही भइरहेको आरोप पनि लगाए । ‘कार्यक्षेत्रमा १० लाखको पनि काम भएको देखिँदैन, तर ठेकेदारले करोड बढी भुक्तानी लगेको सुन्नमा आएको छ,’ उनले भने, ‘अनियमितताको अनुगमन र कारवाही नभए अख्तियारमा जान्छौं ।’

रङ्गशालाको एथलेटिक्स सेन्थेटिक ट्रयाक निर्माण गर्न प्रतिक्षा निर्माण कम्पनीले ११ करोड ६४ लाख ६४ हजार लागतमा ठेक्का सम्झौता गरेको थियो । राखेपले निगरानीका लागि इन्जिजियर चिरन्जिवी लम्साललाई खटाएपनि उनी कहिल्यै साईड हेर्न नजाने र कार्यालयमा पनि नबस्ने गरेको अध्यक्ष शाहको आरोप छ । साईडमा उपस्थित नभएका इ. लम्सालले १० लाखको पनि काम नभएको अवस्थामा करोड बढी भुक्तानिको सिफारिस गरेको पदाधिकारीले आरोप लगाएका छन् । साइडमा ३० मिटर नाला बनाउने बाहेक अन्य प्रगति नभएको शाहले बताए ।

काममा अनियमितता भएको र राखेपबाट अनुगमन नभएको विषयमा संघीय खेलकुद मन्त्री सम्मपनि गुहार मागिएको बताउँदै शाहले अनुगमनमा कडाई गर्नुपर्नेमा पुनः काम नगर्ने इन्जिजियर पठाएका कारण आन्दोलन गर्नु परेको बताए । ‘बाध्य भएर प्रदेश खेलकुद कार्यालयमा तालाबन्दी गरेका छौं ।’ अध्यक्ष शाहले भने, ‘राम्रो अनुगमन व्यवस्था नगरिए निर्माणसमेत रोक्छौं ।’

प्रदेश खेलकुदको कार्यालयमा ताला लागेपछि लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराई नेपालगन्ज पुगेका छन् । घटनाका सम्बन्धमा कार्यक्षत्रामा पुगेर मात्र केही भन्न सकिने लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य नरेन्द्र थापाले बताए । ‘सदस्य सचिव आउनु भएको छ, हामी निर्माण स्थल जाँदैछौं , त्यसपछि नै केही भन्न सकिएला ।’ उनले भने ।

 

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  १० : २८ बजे

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी

लियोको ३२५ पी नेपालको अध्यक्षमा रुपन्देहीकी श्रद्धा कुँवर

बुटवल । लियो ३२५ पी नेपालको अध्यक्षमा श्रद्धा कुँवर निर्वाचितभएकी

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा मदन भण्डारी स्पोर्ट्स एकेडेमी विजयी

बुटवल । खेलकुदमार्फत भातृत्व विकास गर्ने उदेश्यका साथ शनिबार बुटवलमा

नेवाः सेवा समिति बुटवलको १५ औं वार्षिक साधारणसभा सम्पन्न

बुटवल । श्री नेवा: सेवा समितिको १५ औ वार्षिक साधारण

अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताकाे उपाधि बुटवललाई

बुटवल । बुटवलमा भएको अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल