१९ बैशाख २०८३, शनिबार | May 3, 2026

विदेशमा रहेकालाई फर्काउँछु भन्नेहरु राजनीतिमा आएपछि युवा विदेशिनेको संख्या झन बढयोः एमाले महासचिव



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश फर्काउने अभियान चलाउँछु भन्नेहरु राष्ट्रिय पार्टीको रुपमा उदय भए पछि विदेशिनेको संख्या बढेको आरोप लगाएका छन् ।

नेकपा एमालेको सरकार हुदाँ विदेशिनेको संख्यामा कमी आएको दावी गर्दै महासचिव पोखरेलले पुराना पार्टी भनेर एमाले नजोडन आग्रहसमेत गरेका छन ।

‘नेकपा एमाले सरकारमा आउदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारवाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी नेकपा एमाले हो भन्ने जनविश्वासलाई उजागर गर्दछ,’ पोखरेलले भने, ‘तर, तथ्यहिन रुपमा पुराना पार्टीका कारणले विदेशीने बढे भनेर नेकपा (एमाले)लाई समेत जोड्ने प्रयास गर्नु कु–प्रचार हो।

उनले विदेशमा रहेकालाई फर्काउँछु भन्नेहरुले राष्ट्रिय मान्यता पाएको पार्टी आए पछि थप समस्या भएको बताएका छन । ‘विदेशमा गएकाहरुलाई देश फर्काउछौ भन्नेहरुलाई गएको निर्वाचनमा जनताले लोकपृय मत दिए तर उनीहरु राष्ट्रिय पार्टीका रुपमा नेपाली राजनीतिमा उदयभएपछि नै विदेशीनेको संख्या झनै वढ्यो,’ उनले भनेका छन, ‘के यसको जिम्मेवारी नेकपा (एमाले)ले नै लिनुपर्ने हो र ? त्यसैले नयाँ र पुरानाका नाममा पक्ष र विपक्षमा बाडिनुभन्दा एजेण्डाका आधारमा ठिक र वेठिक छुट्याउनेगरी समस्याको समाधानका लागि छलफल र बहसमा जोडिनु जनता र राष्ट्रको हितमा हुनेछ ।’

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  १० : ३६ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौँ । केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

काठमाडौँ । यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि भएको

खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता हुने

नेपालगन्ज । बाँकेको खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौँ । ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय