६ पुस २०८२, आइतबार | December 21, 2025

विदेशमा रहेकालाई फर्काउँछु भन्नेहरु राजनीतिमा आएपछि युवा विदेशिनेको संख्या झन बढयोः एमाले महासचिव



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश फर्काउने अभियान चलाउँछु भन्नेहरु राष्ट्रिय पार्टीको रुपमा उदय भए पछि विदेशिनेको संख्या बढेको आरोप लगाएका छन् ।

नेकपा एमालेको सरकार हुदाँ विदेशिनेको संख्यामा कमी आएको दावी गर्दै महासचिव पोखरेलले पुराना पार्टी भनेर एमाले नजोडन आग्रहसमेत गरेका छन ।

‘नेकपा एमाले सरकारमा आउदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारवाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी नेकपा एमाले हो भन्ने जनविश्वासलाई उजागर गर्दछ,’ पोखरेलले भने, ‘तर, तथ्यहिन रुपमा पुराना पार्टीका कारणले विदेशीने बढे भनेर नेकपा (एमाले)लाई समेत जोड्ने प्रयास गर्नु कु–प्रचार हो।

उनले विदेशमा रहेकालाई फर्काउँछु भन्नेहरुले राष्ट्रिय मान्यता पाएको पार्टी आए पछि थप समस्या भएको बताएका छन । ‘विदेशमा गएकाहरुलाई देश फर्काउछौ भन्नेहरुलाई गएको निर्वाचनमा जनताले लोकपृय मत दिए तर उनीहरु राष्ट्रिय पार्टीका रुपमा नेपाली राजनीतिमा उदयभएपछि नै विदेशीनेको संख्या झनै वढ्यो,’ उनले भनेका छन, ‘के यसको जिम्मेवारी नेकपा (एमाले)ले नै लिनुपर्ने हो र ? त्यसैले नयाँ र पुरानाका नाममा पक्ष र विपक्षमा बाडिनुभन्दा एजेण्डाका आधारमा ठिक र वेठिक छुट्याउनेगरी समस्याको समाधानका लागि छलफल र बहसमा जोडिनु जनता र राष्ट्रको हितमा हुनेछ ।’

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  १० : ३६ बजे

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा

मधेस प्रदेशमा आज सभामुख चयनका लागि मतदान हुँदै, दुई उम्मेदवार मैदानमा

काठमाडौं । मधेस प्रदेशमा सभामुख चयनका लागि आज आइतबार मतदान