काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन ।
कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षकका रुपमा अध्यक्ष ओलीसहितको छ सदस्यीय टोली गए राति कम्बोडिया प्रस्थान गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
त्यसअघि उनले पार्टीको कार्यवहाक अध्यक्ष र संसदीय दलको नेताको जिम्मेवारी क्रमशस् वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई दिएका छन ।
टोलीमा अध्यक्ष ओलीसँगै उनका पत्नी राधिका शाक्य, पार्टीका उपमहासचिव विष्णु रिमाल, अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलगायत रहेका छन । उनी यही साउन ८ गते स्वदेश फर्किनेछन ।



















प्रतिक्रिया