१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन भाद्र २ गते हुने, उम्मेदवार आकांक्षीले गरिदिए ३ हजार बढी सदस्यता नविकरण



नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको साउन २० गतेका लागि तोकिएको निर्वाचन भाद्र २ गतेका लागि सारिएको छ । निर्वाचन हुने मितिको कम्तीमा २० दिन पहिले मतदाता नामावली प्रकाशन गर्नु पर्नेमा कार्यसमितिले निर्वाचन समितिलाई मतदाता नामावली उपलब्ध गराउन नसकेपछि निर्वाचनको मिति सारिएको हो ।

संघको बिधिानले कार्यसमितिको कार्यावधि कार्यसमितिको निर्णयबाट एक पटकका लागि ६ महिना मात्र बढाउन सक्ने ब्यवस्था भएपनि निर्वाचन समितिले थपिएको ६ महिना पछि पुनः म्याद थपेर भादै २ गते सम्म पु¥याएको छ । यस अघि नै उद्योग बाणिज्य संघको कार्यसमितिले ६ महिनाका लागि म्याद थप गरिसकेको छ ।

असार मसान्तको अन्तिम दिन संघको निर्वाचनमा उम्मेदवार बन्न इच्छुकहरुले ३ हजार बढी सदस्यता नबिकरणको निवेदन संकलन गरेर पेश गरेपछि समयमा मतदाता नामावली उपलब्ध गराउन नसकिएको संघले जनाएको छ । ३ हजार बढी सदस्यता नबिकरणको फायल एकै पटक सचिवालयमा आएपछि कम्प्युटर इस्ट्रि गर्न नभ्याएर मतदाता नामावली समयमा दिन नसकिएको संघका महासचिव चिरन्जिवी ओलीले बताए ।

समयावधि थपिएको विषयमा बुझ्न पटक पटक फोन गर्दा निर्वाचन समितिका संयोजक अधिवक्ता टिकाजङ सिंहले मोबाइल उठाएनन् ।

निर्वाचनमा उम्मेदवार बन्ने आकांक्षीहरुले नविकरण नभएका सदस्यहरुको नाम संघबाट लिएर आफैले नबिकरण शुल्क तिरिदिने गरि आ आफ्ना पक्षका ब्यवसायिका सदस्यता नबिकरण गर्न निवेदन दर्ता गर्न आएको संघका एक सदस्यले बताए । नविकरण नगरि बसेका ब्यवसायीको समेत आफुलाई मत आउने अपेक्षामा आकांक्षीहरुले नबिरकण गरिदिएको ती सदस्यले बताए ।

समयावधि थप्ने निर्णयलाई कांग्रेस समर्थक व्यवसायीहरुको तर्फबाट अध्यक्ष पदमा उठ्ने घोषणा गरेका ललित रौनियारले षडयन्त्रको संज्ञा दिएका छन् । उनले यसपटक आम ब्यवसायीहरुको आक्रोश र बिरोधले निर्वाचनमा हारको सुनिश्चितता देखेर चुनावलाई प्रभावित गरिएको आरोप लगाएका छन् । संघमा हाल माओवादी निकटका अब्दुल वाहीद मन्सुरी अध्यक्ष रहेको टिमले नेतृत्व गरिरहेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  १० : ४९ बजे

प्रतिनिधसभा : भीषण पानी, हावाहुरी र पहिरोका कारण प्रभावित नागरिकलाई क्षतिपूर्ति दिन माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पछिल्ला समयमा भीषण पानी, हावाहुरी

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा श्रीकृष्ण गिरी नियुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा पूजा-अर्चना, चन्द्रागिरिको सौन्दर्यको प्रशंसा

काठमाडौं। दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु शंकराचार्य श्री

तोलामा एक हजार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु

प्रतिनिधिसभा बैठक : दुई विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिला