८ श्रावण २०८३, शुक्रबार | July 25, 2026

प्रस्तावित ६ राजदूतविरुद्ध उजुरी आह्वान, १० दिन भित्र उजुरी दिईसक्नु पर्ने



काठमाडौं। सरकारले हालै विभिन्न देशका लागि सिफारिस गरेका प्रस्तावित ६ राजदूतविरुद्ध उजुरी आह्वान भएको छ ।

संघीय संसदको अन्तरगतको संसदीय सुनुवाइ समितिले आज उनीहरु विरुद्ध उजुरी आह्वान गरेको हो ।

समितिले आज जारी गरेको सूचना अनुसार सरकारले हालै सिफारिस गरेका व्यक्तिहरु राजदूत नियुक्त गर्न उपयुक्त छन कि छैनन भन्ने लागेमा आधार र सबुदसहित उजुरी दिन भनिएको छ ।

आज प्रकाशित सुचना अनुसार उजुरीकर्ताले अबको १० दिनभित्र लिखित रुपमा उजुरी दिइसक्नु पर्ने छ । उजुरी दिने व्यक्तिले नाम, थर, वतर र सम्पर्क नम्बर उल्लेख गर्नुपर्नेछ । तर, उजुरीकर्ताले चाहेमा नाम गोप्य राखिने जारी सुचनामा जनाईएको छ ।

सरकारले संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि लोकबहादुर थापा, स्विट्जरल्याण्डका लागि रामप्रसाद सुवेदी, फ्रान्सका लागि सुधिर भट्टराई, कुवेतका लागि घनश्याम लम्साल, यूएईका लागि तेजबहादुर क्षेत्री र थाइल्याण्डका लागि धनबहादुर वलीलाई राजदुतका लागि हालै सिफारिस गरेको थियो ।

सरकारले सिफारिस गरेका ब्यक्तिहरुमा परेको उजुरी छानबिन र सोधपुछ पछि समितिवाट अनुमोदन भएमा मात्रै उनीहरुको नियुक्ती हुनेछ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  ९ : ४८ बजे

अख्तियारकोे बार्षिक समीक्षा सम्पन्न : उजुरीहरूमध्ये सबै भन्दा बढी स्थानीय तहसँग सम्बन्धित

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/८३ को

सीमाविद् बुद्धिनारायण श्रेष्ठ पुरस्कृत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको ‘राष्ट्रिय विभूति भीमसेन

बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका

छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ

बुटवल । छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ परेका छन्

सीमावर्ती क्षेत्रको समस्या पहिचान भइसक्यो, समाधान गर्नेछौँ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले देशको दक्षिणी सीमा क्षेत्रमा स्थलगत