११ पुस २०८२, शुक्रबार | December 26, 2025

नेकपा एकीकृत समाजवादीको महाधिवेशन माघमा गर्न प्रस्ताव



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको महाधिवेशन माघमा गर्न प्रस्ताव गरेका छन्। कीर्तिपुर, चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा जारी सचिवालय बैठकमा बिहीबार सदस्यहरूले उठाएको प्रश्नमाथि जवाफ दिँदै अध्यक्ष नेपालले माघमा महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्।

कसैले फागुन २१ गते महाधिवेशन गर्नुपर्ने, कसैले मंसिरमै गर्नुपर्ने भने पनि अध्यक्ष नेपालले पार्टीको महाधिवेशन माघमा गर्न प्रस्ताव गरेको उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए।

२०७८ भदौमा एमालेबाट विभाजन भएर गठन भएको एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गर्न लागेको हो। जारी सचिवालय बैठकमा आगामी निर्वाचन एक्लै लड्नुपर्ने धारणा सदस्यहरूले राखेको थिए।

शुक्रबारदेखि सुरू भएको बैठक एक सातापछि भोलि सकिने कार्यसूची छ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  ९ : ४२ बजे

पर्यटकको आकर्षक गन्तव्य बन्दै अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट

शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको

गृह मन्त्रालयद्वारा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको