जब अति हुन्छ,जब जनताको धैर्यको बाँध फुट्छ तब जनता सडकमा उत्रेर संकटको समाधान खोज्न बाध्य हुन्छन् भन्दै थापाले
संघीय गणतन्त्रको नाउँमा कायम रहेको भ्रष्ट व्यवस्था र तन्त्र अन्त्य गर्न जनता सडकमा उत्रनु वाहेक अर्को विकल्प नभएकोमा जोड दिए ।
आज काठमाडौंको शान्ती बाटिकामा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै थापाले ‘जसले यो व्यवस्थाबाट अकुत सम्पत्ति जोडेका छन्, ब्रम्हलुट गरेका छन् र राजनीतिक साम्राज्य कायम गरेका छन् उनीहरु यो व्यवस्था परिवर्तन त के सुधार पनि गर्न चाहन्नन्’ भन्दै देश अहिले संकटको दलदलमा भासिएको चर्चा गरे ।
नेपाली सेना वाहेक राज्यका सबै अंग, संरचना र निकायहरुमा धमिरा लागेको खिया लागेको भन्दै उनले सामान्य सुधारले अब संकटबाट मुक्ति सम्भव नभएको जिकिर गरे । ‘अब व्यवस्था र प्रणाली नै परिवर्तन गर्नु आवश्यक छ,’ थापाले भने ।
जनताले न्याय पाउने अदालतबाट हो तर अदालतबाट काकताली परेर वाहेक साधारण अवस्थामा जनताले न्याय पाउने आशा मरिसकेको भन्दै उनले राजनीतिक पहुँच र सम्पर्कका आधारमा न्यायाधीशहरू नियुक्त हुन्छन्, त्यसैले राजनीतिक दल र नेताहरुको आदेश पालना न्यायपालिकाको नियति बनेको बताए । नेताहरुको आदेश नमाने न्यायाधीशहरु महाभियोगको शिकार हुनुपर्ने दुखद अबस्था भएको समेत उनले भने।
थापाले अख्तियारमा पार्टीको भागवण्डा अनुसार नियुक्ती हुने भएकोले अख्तियारले साना माछा मात्र समात्ने गरेको दाबी गरे । ‘प्रशासन र प्रहरी पार्टीको प्रभावमा रहेका छन्। आदेश अनुसार काम नगरे जागिर नै धरापमा पर्छ’ थापाको टिप्पणी थियो ।
ललिता निवासको सरकारी जग्गा काण्डमा सिबिआईले गरेको छानविन प्रशंसनीय भएको तर राजनीतिक नेतृत्वको दवावले गर्दा निर्णय सदर र निर्णय गर्ने मन्त्री र प्रधानमन्त्रीलाई छुन नसकेको उनको भनाई थियो । ‘नक्कली भुटानी शरणार्थी काण्डमा करोडौं रकम बुझेका व्यक्तिहरू छानविनको घेरामा परेका छैनन्,’ उनले भने ।



















प्रतिक्रिया