२५ भदौ २०८३, बिहिबार | September 10, 2026

गोली हानेर एक युवकको हत्या



इनरुवा । सुनसरीको इहटरी-२० स्थित कोसी राजमार्गमा पर्ने चारकोसे जङ्गलको सेउती पुलमा शुक्रबार गोली हानेर एक युवकको हत्या गरिएको छ । हत्या हुनेमा विराटनगरका २८ वर्षीय रोहित चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

धरानबाट इटहरीतर्फ आउँदै गरेको र केही समय जङ्गलको छेउमा बसिरहेका युवा-युवतीमध्ये युवकलाई गोली प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । सेउती पुलको बीचबाट जङ्गलपट्टी मोटरसाइकल रोकेर बसिरहेको अवस्थामा तीनजनाको समूहमा आएका युवामध्ये एक जनाले रोहितलाई गोली प्रहार गरेको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए ।

गोली लागेर गम्भीर घाइते भएका रोहितको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रोहितसँगै रहेकी विराटनगरकै सुमना खत्रीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । रोहित र सुमना प्रेमीप्रेमिका भएको बताइएको छ । धनकुटामा घुमेर घर फर्कँदै गर्दा थकाइ लागेर सेउती पुलमा मोटरसाइकल रोकेर उनीहरू बसेका थिए । गोली लागेर गम्भीर घाइते भएपछि रोहितलाई सुमनाले नै एम्बुलेन्समा राखेर हस्पिटलसम्म ल्याएकी थिइन् ।

घटनामा संलग्नको खोजी भइरहेको छ भने घटनाको विषयमा अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ९ : ५५ बजे

नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड ४१ लाख भन्दा बढी सहयोग

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र

रूपन्देही । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

तरकारीको विषादी परीक्षण बढाइँदै

चितवन । किसानले बजारमा ल्याउने तरकारीमा विषादी बढी हुन थालेपछि

एसिसी प्रिमियर कप : नेपाल ओमानसँग खेल्दै

काठमाडौं । एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनलमा नेपाली पुरुष

ग्रामीण विकास लघुवित्तद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग

बुटवल । नेपाल सरकारको समेत स्वामित्व रहेको नेपालको एकमात्र लघुवित्त