८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

रुपन्देहीका शिक्षा समन्वय प्रमुख शनिबार विद्यालय अनुगमनमा, विद्यालय संचालक सहित पाल्पा पुगेर मदिरा पार्टी !



बुटवल । रुपन्देही जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख दिपेन्द्र ढकाल शनिबारको दिन सरकारी गाडीको दुरुपयोग गर्दै मदिरा पार्टीमा फेला परेका छन् । सरकारी सवारी साधनको दुरुपयोग गर्दै ढकाल पाल्पाको नुवाकोट पुगेर मदिरा पार्टीमा सहभागी भएको भेटिएका हुन् ।

उनले जिल्ला प्रशासन कार्यालयको अनुमती विना शनिबार सरकारी गाडी लिएर घुमफिर र खानपानमा हिँडेको भेटिएको हो । शनिबार विहान बुटवलबाट केवलकार चढेर वसन्तपुर घुम्न पुगेका उनी दिउँसो पाल्पाको नुवाकोटमा पुगेर मदिरा पार्टीमा रम्दै गरेको फेला परेका छन् ।

उनले शिक्षा समन्वय समितिको बा २ झ १०१० नम्बरको सरकारी गाडी लिएर घुमफिरमा निस्किएका हुन् । आफ्ना केही साथीहरु तथा नीजि विद्यालयका सञ्चालकलाई बोकेर नुवाकोट पुगेका उनले स्कुलको अनुगमनमा निस्किएको र खाजारखानका लागि नुवाकोट पुगेको प्रतिक्रिया दिए पनि शनिबारको अनुगमन र पाल्पाको मदिरा पार्टीले उनको घनाईलाई गलत पुष्टी गरिदिएको छ । शनिबारको दिन बुटवलका केही निजी विद्यालय निरीक्षण गरेको बताउने उनले यसअघि पनि पटक(पटक सरकारी गाडीको दुरुपयोग गरेको आरोप लाग्ने गरेको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले साउन ६ गते शनिबारका लागि कुनै पास वा अनुमती जारी नगरिएको जानकारी दिए । अनुमति नलिएको अवस्थामा गाडी नियन्त्रणमा लिन ट्राफिक प्रहरीलाई आफुले निर्देशन गरिसकेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । रुपन्देहीमा सरकारी कामकाजमा सवारी प्रयोग गर्नु परेमा जिल्ला प्रशासन कार्यालयको अनुमति लिनु पर्ने ब्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ५ : ३९ बजे

बाढी बस्तीमा पस्दा बाजुरामा १३ परिवार विस्थापित

काठमाडौं । अविरल वर्षापछि आएको बाढी बस्तीमा पस्दा बाजुराको बडिमालिका

प्रधानमन्त्री शाहले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम । मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ

सांसद बब्लु गुप्ताले बाइकमा उभिएर भिडियो बनाउँदै गरेको तस्बिर बन्यो भाइरल

काठमाडौं । सरकारले ट्राफिक नियम कार्यान्वयनलाई कडाइका साथ अघि बढाइरहेका

नेपाली बजारमा बेलायतको नथिङ ब्राण्डको नया स्मार्टफोन

बुटवल । बेलायतस्थित उपभोक्ता प्रविधि ब्रान्ड नथिङको नयाँ स्मार्टफोन ‘नथिङ