२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

रुपन्देहीका शिक्षा समन्वय प्रमुख सवार गाडी प्रहरी नियन्त्रणमा, शनिबार पास बिना सरकारी गाडी दुरुपयोग गरेको आरोप



बुटवल । रुपन्देही जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख दिपेन्द्र ढकाल सवार सरकारी गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार विद्यालय अनुगमनको बहानामा प्रशासनको पास बिना गाडीमा सवार भएको अवस्थामा ट्राफिक प्रहरीले गाडी नियन्त्रणमा लिएको हो ।

पासबिनाको जिल्ल शिक्षा समन्वयको बा २ झ १०१० नम्बरको सरकारी गाडी नियन्त्रणमा लिइएको राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक होमबहादुर थापाले बताए । उनले नियन्त्रणमा लिएको गाडी जिल्ला प्रशासनका बुझाइदिने र सरकारी दुरुपयोगको अभियोगमा प्रशासनबाटै कारवाही हुने जानकारी दिए ।

शनिबारको दिन सरकारी गाडीको दुरुपयोग गर्दै शिक्षा समन्वय प्रमुख ढकाल मदिरा पार्टीमा फेला परेका थिए । सरकारी सवारी साधनको दुरुपयोग गर्दै ढकाल पाल्पाको नुवाकोट पुगेर मदिरा पार्टीमा सहभागी भएको भेटिएका थिए ।

उनले जिल्ला प्रशासन कार्यालयको अनुमती विना शनिबार सरकारी गाडी लिएर घुमफिर र खानपानमा हिँडेको समाचार आए लगत्तै प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको निर्देशनमा ट्रापिक प्रहरीले गाडी नियन्त्रणमा लिएको बताइएको छ । शनिबार विहान बुटवलबाट केवलकार चढेर वसन्तपुर घुम्न पुगेका उनी दिउँसो पाल्पाको नुवाकोटमा पुगेर मदिरा पार्टीमा रम्दै गरेको अवस्थामा फेला परेका थिए ।

समाचार स्रोतका अनुसार ढकालसँगै काठमाडौंबाट आएको एक जना पत्रकार र पब्लिक मावि दयानगर छपीयाका प्रधानाध्यापक पनि उक्त सवारी साधनमा रहेका थिए । उनीहरुको गाडी ट्राफिकले नियन्त्रणमा लिएपछि बुटवलमा रहेको स्कलर्स होमका प्रधानाध्यापक बाबुराम बन्जाडेले आफ्नो निजी गाडीमा हालेर उनीहरुलाई दयानगर छपियामा लगेका छन् । ढकालले यसअघि पनि पटक-पटक सरकारी गाडीको दुरुपयोग गरेको आरोप लाग्ने गरेको छ ।

 

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ५ : ५७ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात