४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रधानमन्त्रीको सल्लाहकार भन्दै ठगी गर्ने दुई जना पक्राउ



काठमाडौ । प्रधानमन्त्रीको सुशासन सल्लाहकार भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी कसुरमा दुई जनालाई पक्राउ गरेको एसपी रविन्‍द्र रेग्मीले जानकारी दिए।

काठमाडौंको नागार्जुन बस्ने ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र २३ वर्षीय विशाल खनाललाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। उनीहरूलाई आइतबार दिउँसो साढे १ बजे कोटेश्वरबाट पक्राउ गरेको हो।

उनीहरूले ४५ लाख भन्दा बढी रकम ठगी गरेको र ना ४ च ८६७० नम्बरको जिप लिएर भागेको भन्ने उजुरी परेको छ। उनीहरूले प्रधानमन्त्रीका सुशासन सल्लाहकार एवं अन्य प्रमुख नेताहरूसँग समेत चिनजान भएको भन्दै ठगी गरेको आरोप छ।

इलाका प्रहरी कार्यालय दमकमा उनीहरूविरूद्ध मुद्दा दर्ता भएको थियो। जिल्ला अदालत भद्रपुरबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। थप अनुसन्धानका लागि प्रहरीले उनीहरूलाई दमक पठाइसकेको छ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ९ : २२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको