२० माघ २०८२, मंगलबार | February 3, 2026

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (सोमबार) पनि बस्दैछ । साउन २ गतेदेखि जारी बैठकअन्तर्गत आज (सोमबार) पनि नेताहरुले आ-आफ्नो धारणा राख्नेछन् ।

केन्द्रीय समितिको बैठक सोमबार दिउँसो ३ बजे, पार्टी मुख्यालय सानेपामा बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

यसअघि आइतबारको बैठकमा २५ जना नेताहरुले आ-आफ्नो धारणा राखेका थिए । आइतबारको बैठकमा फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्रीप्रसाद पाण्डे र जीवन परियारले आ-आफ्नो धारणा राखेका थिए ।

यस्तै, केन्द्रीय सदस्यहरु विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, चित्रलेखा यादव, अर्जुननरसिंह के.सी., प्रवक्ता डा. प्रकाशशरण महत, डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल, एन.पी. साउँद, श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, प्रदीपकुमार सुनुवार, विनोदकुमार चौधरी, भीम पराजुली र धना खतिवडाले आ-आफ्नो धारणा राखेका थिए ।

आइतबारको बैठकमा पार्टीका तर्फबाट संघीय सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरु अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एन.पी. साउँद, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, युवा तथा खेलकूद मन्त्री डिगबहादुर लिम्बू र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले आफ्नो मन्त्रालयले हालसम्म गरेका कार्यहरुको प्रगति विवरण पेस गरेका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ७ : १२ बजे

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज