९ श्रावण २०८३, शनिबार | July 25, 2026

देउवाले भने – ‘धेरै आलोचना हुन्छ सोचेकोमा कमै भयो’



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी बैठकमा आफ्नो धेरै आलोचना होला भन्‍ने ठानेको भए पनि कम भएको भन्दै धन्यवाद व्यक्त गरेका छन्।

पार्टी सभापति देउवाले बुधबार सात दिनसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकका निर्णय पारित गर्दै धेरै महत्वपूर्ण विषयमा छलफल भएको बताए। ‘मैल त धेरै आलोचना होला भन्ठान्या, कम भयो त्यसका लागि धन्यवाद दिन चाहन्छु,’ उनले भने।

सभापति देउवाले पार्टीको बैठक लाइभले जीवन्त बनेको पनि बताएका छन्। उनले भने, ‘पार्टीको बैठकले जनताले पनि सबै कुरा थाहा पाएको र पार्टीका कोहीभन्दा कम नभएको र एकसय एक केन्द्रीय सदस्यहरु रहेको पनि प्रमाण पनि दुनियाँले बुझेको छ।’

कांग्रेसले यही मंसिर ११ देखि १३ सम्म महासमिति बैठक बोलाउने निर्णय गरेको छ। कांग्रेसले नीति अधिवेशनका लागि आवश्यक काम गर्नका लागि महासमिति बैठक बोलाउने निर्णय गरेको महामन्त्री विश्‍वप्रकाश शर्माले जानकारी दिए।

पार्टी सभापति देउवाले साउन २ देखि जारी केन्द्रीय समिति बैठकका निर्णय पारित गर्दै अर्को बैठक असोज २ गते बस्ने जानकारी दिए। कांग्रेसको विधानमा बैठक २ महिनामा बस्नुपर्ने व्यवस्था छ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ९ : ३५ बजे

दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व सङ्कलन

दाङ । ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२/०८३

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु दश अर्ब राजस्व सङ्कलन

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा

आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा

आजको मौसम : एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

अख्तियारकोे बार्षिक समीक्षा सम्पन्न : उजुरीहरूमध्ये सबै भन्दा बढी स्थानीय तहसँग सम्बन्धित

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/८३ को