२० बैशाख २०८१, बिहिबार | May 2, 2024

पहिरोले अवरुद्ध बुटवल-पाल्पा सडक एकतर्फि खुल्यो



बुटवल । पहिरोले अवरुद्ध भएको सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्ड एक तर्फिरुपमा खुलेको छ । राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउपालिका-३ स्थित निर्माणधिन सिद्धबाबा सुरुङमार्गको रिपमाथी पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

आज बिहान करिब पौने ८ बजेदेखि निर्माणधिन सिद्धबाबा सुरुङमार्गको रिपमाथी ठूलो ढुङ्गा सहितको पहिरो खसेकाले केहि समय सडक पूर्ण रुपमा अवरुद्ध भएपनि अहिले एक तर्फि खुलेको प्रहरी चानैकी दोभानका सइ कमल थापाले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि बुटवलदेखि पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा, बागलुङ लगायतका ठाउँका लागि छुटेका सवारी साधनहरु बीच बाटोमै अलपत्र परेका थिए भने ती स्थानहरुबाट आएका सवारी साधनहरु पनि बीचमै अलपत्र परेका थिए । पहिरोलाई हटाएर सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  ८ : ४५ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक