२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026
सम्पूर्ण अपडेट

शनिबार बुटवल कोरा २०२३ हुँदै, डेढ सय जना साइकिलिस्ट सहभागी हुने



बुटवल । बुटवलमा शनिबार ´बुटवल कोरा २०२३` हुने भएको छ । रुपन्देहीका साईक्लिङ क्लबहरुको आयोजनामा शनिबार ´बुटवल कोरा २०२३` साइक्लिङ च्यालेन्ज हुने भएको हो ।

पाथवे र लेविस रेष्टुरेन्टको मुख्य प्रायोजन, टिएलएसडी र राईट एण्ड एशोसियटको सहप्रायोजन, ह्याप्पी साईक्लिङ क्लबको आयोजना तथा बुटवल युनाईटेड साईक्लिङ क्लब, तिनाउ साईक्लिङ क्लब, बुटवल साईक्लिङ ग्रुप, साईकल सिटी बुटवल, नवलपरासी जिल्ला साईक्लिङ संघ, साईकल सिटि भैरहवा, साईकल साथी सैनामैनाको सहआयोजनामा कोरा २०२३ हुने भएको छ ।

कार्यक्रमका संयोजक किरण श्रेष्ठले वार्षिक योजनाभन्दा केही ढिलो गरि कार्यक्रम आयोजना गर्न लागेको बताए । बुटवल उपमहानगरपालिका वडा न ११, बुद्घनगरका मृगौला खराब भएका गोपाल गहतराजलाई सहयोगार्थ साईक्लिङ कार्यक्रम हुने उनले बताए । पाच सय रुपैया ईन्ट्री बापत लिईएको कार्यक्रममा सहभागी ४५ किलोमिटर दुरी साईक्लिङ गर्ने छन । रुपन्देही, नवलपरासी जिल्लाका सात वटा क्लबहरुका १ सय ५० जना सहभागी हुने उनले बताए ।

दुर्गा मन्दिरबाट शुरु हुने र्यालि बुटवल, तिलोत्तमा नगरपालिका हुँदै दुर्गा मन्दिरमा आईपुगेर समापन हुनेछ । क्लबका सल्लाहकार गणेश श्रेष्ठले मानव स्वस्थ्यसंग साईक्लिङ जोडिएको हुदा पनि यसको महत्व शहरी जिवनशैलीमा बढेको बताए । पछिल्लोसमय मोफसलमा साईक्लिङप्रति सबै वर्गको आर्कषण उनले बताए । कार्यक्रमबाट बचत रकम सहयोग गर्ने उनले बताए ।

कार्यक्रममा जिल्ला साईक्लिङ संघका अध्यक्ष पुकार थापाले कोराको मोफसलमा बुटवलमा भित्र्याएको बताए । कार्यक्रममा क्लबका सल्लाहकार गणेश श्रेष्ठ, बुटवल युनाईटेड साइक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, बुटवल साईक्लिङ ग्रुपका अध्यक्ष शिव चौधरी, तिनाउ साइक्लिङ क्लबका अध्यक्ष अर्जुन गुरुङ, साईकल सिटी बुटवलका मनिष पाण्डे, समाजसेवी रोमित बज्राचार्य, पाथ–वे का संचालक सुरज ज्ञवाली, यम बराल, क्लबका अध्यक्ष सुमन श्रेष्ठले सामुहिक रुपमा कोराको टिसर्ट लन्च गरिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  ६ : २६ बजे

मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसका उपसभापति

रूपन्देही-२ मा रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता

बुटवल । रुपन्देही २ मा रास्वपाका सुलभ खरेलले अग्रतालाई फराकिलो

भक्तपुरका दुवै क्षेत्रमा रास्वपा अगाडि

भक्तपुर । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार

चितवन-३ मा सोविता गौतमको अग्रता, रेनु दाहाल पछाडि

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर ३ मा

रुकुमपूर्वमा प्रचण्ड प्रतिस्पर्धीभन्दा तीन गुणा मतले अगाडि

काठमाडौं । रुकुमपूर्वमा मतगणना भैरहेको छ । प्रारम्भिक नतिजाअनुसार नेपाली