२१ बैशाख २०८३, सोमबार | May 4, 2026

अब राप्रपा नेपाल जनसंघर्षको बाटोबाट अघि बढ्छ : कमल थापा



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको भाबी रणनीति जनदबाब , जनसंघर्ष र जनआन्दोलन भएको बताएका छन् ।

जिल्ला समिती काठमाडौंद्वारा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणमा बोल्दै थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यवस्थाको अन्त्य नभई देशले भोग्नु परिरहेको विद्यमान समस्याको समाधान ननिस्कने समेत दाबी गरे ।

उनले राष्ट्र निर्माणको फरक बिचार र बाटो तय गर्दै बैकल्पिक शक्तिको रुपमा राप्रपा नेपाललाई स्थापित गर्ने दृढता समेत ब्यक्त गरे । संकटग्रस्त अर्थतन्त्र, भ्रष्टाचारको महारोग , धर्मपरिबर्तनको डढेलो, लोकतन्त्रको नाममा ब्याप्त सर्बसत्ताबाद र बाह्य शक्तिको तिब्र चलखेलबाट मुलुक आक्रान्त भएको चर्चा गर्दै थापाले सडक संघर्षमा आउने सबै राष्ट्रबादी प्रजातान्त्रिक शक्तिहरुसङ्ग एकता र सहकार्य हुन सक्ने समेत स्पष्ट पारे ।

केही ठुला दलका मुठ्ठी भरका नेताहरुको निमित्त मात्र यो ब्यवस्था स्वर्ग भएको भन्दै थापाले भ्रष्टाचारिहरुलाई दण्डित गर्ने भन्दा पनि संरक्षण गर्ने ब्यवस्था अब टिकाउ हुन नसक्ने ठोकुवा गरे ।

प्रशिक्षणमा वरिष्ठ अधिबक्ता सुरेन्द्र भण्डारीले जनताको विश्वास जितेर राप्रपा नेपाल एउटा भरपर्दो वैकल्पिक शक्ति बन्न सक्ने सम्भावना रहेकोले सबैलाई समेटेर जनताको माझ जान आग्रह गरे । कार्यक्रममा राप्रपा नेपाल महामन्त्री राजाराम बर्तौला, सहमहामन्त्री तथा राष्ट्रिय खेलकुद संगठनका अध्यक्ष दमन बस्नेतले संगठन र खेलकुद सम्बन्धि धारणा राखेका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ७ : २९ बजे

आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आशा जगाउने किसिमको बजेट

बागमतीका मुख्यमन्त्री बानियाँको घर-कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर तथा विभिन्न

दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दोस्रो

२८ नागरिक अगुवाको निस्कर्ष – बालेन्द्र सरकार सर्वसत्तावाद उन्मुख

काठमाडौं । २८ जना नागरिक अगुवाहरूले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको

राष्ट्रपतिबाट फिर्ता अध्यादेश पुनः जारी गर्न जस्ताको त्यस्तै सिफारिस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका लागि फिर्ता पठाएको संवैधानिक