२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

अक्सफोर्ड माविका नयाँ विद्यार्थीलाई स्वागत



बुटवल । उत्कृष्ट शैक्षिक संस्था अक्सफोर्ड माध्यामिक विद्यालय बुटवलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले एक भब्य समारोहबीच स्वागत गरेका छन ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षता बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

कक्षा ११ को विज्ञान व्यवस्थापन तथा शिक्षाशास्त्र संकायमा भर्ना भएका ८३५ जना विद्यार्थीहरूलाई टिका तथा खादा लगाएर सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि खेलराज पाण्डेले अक्सफोर्ड मावि बुटवलको मात्र नभई राष्ट्रकै उत्कृष्ट भएको हुँदा संस्थापक तथा प्राध्यापकहरुलाई धन्यवाद व्यक्त गरे । फरक प्रसङ्‌गमा कुरा गर्दै मेयर पाण्डेले बुटवल नगर वीरताको गाथा बोकेको तथा सांस्कृतिक सम्पदाको खानी भएको हुदा यसको जगेर्ना गर्नु विद्यार्थीहरूको पनि दायित्व रहेको बताए ।

स्वागत कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षाबोर्ड बुटवलका शाखा प्रमुख बाबुराम भण्डारीले अक्सफोर्ड मावि बुटवलले स्थापनाकालदेखि नै उत्कृष्ट रिजल्ट ल्याउदै आएको हुँदा धेरै विद्यार्थी तथा अभिभावहरूको रोजाइमा परेको बताए ।

विद्यालयका प्राचार्य दिनेश भुसाल अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवाली, प्राध्यापक सुमन भुसाल, अक्सफोर्ड कलेजका अध्यक्ष अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, ललित खरेल, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा उत्कृष्ट रिजल्ट ल्याउने विद्यार्थीलाई सम्मान तथा विभिन्न विद्यार्थीहरुका नृत्यहरु प्रस्तुत गरिएको थियो । साथै राष्ट्रिय कलाकार प्रमोद खरेल र एलिना चौहानले विद्यार्थी तथा प्राध्यापकहरूलाई छमछमी नचाएका थिए । कार्यक्रम प्राध्यापक सुमन भुसालको स्वागत, नारायण सापकोटाको स्वागत गीत तथा विद्यार्थीहरू प्रशन्ना के.सी, वसन्त रेग्मी, आस्था रिजाल, प्रितम ज्ञवाली, सरस्वती खनाल र निष्मा पन्थीको संञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ७ : ५६ बजे

भोटेकोशी बाढी : बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

कास्की । भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर । मध्यपुरथिमि नगरपालिका-४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा